This is a test

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकोे तयारी पुरा

0

सीताराम ओझा, धनगढी
धनगढीमा भोलीदेखि हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकोे सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक कैलाली जिल्ला खेलकुद विकास समितीले आज पत्रकार सम्मेलन गरी तयारी सकिएको जानकारी दिएको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिता फागुन १३ गतेसम्म सञ्चालन हुने छ ।
राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्व तथा कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा साविकका पाच वटै विकास क्षेत्र तथा एउटा विभागीय टीम सशस्त्र प्रहरी बल (एपीएफ) गरी छ वटा टीमको सहभागिता रहने प्रतियोगिताका संयोजक बाबुराजा श्रेष्ठले जानकारी दिए ।

भोली विहान प्रतियोगिताको उद्घाटन हुने भएको छ । प्रतियोगिताको राखेपका सदस्य सचिव केशव विष्टले उद्घाटन गर्नेछन् । उद्घाटन खेलमा सुदूरपश्चिम र पश्चिमाञ्चल भिड्नेछन । सहभागी ६ टोलीहरुलाई दुई समुहमा विभाजन गरिएको छ । समुहका विजेता र उपविजेताले सेमिफाईनलमा स्थान पाउनेछन ।
प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने उनले बताए । त्यस्तै, वुमन अफ द सिरिजलाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई जनही पाच हजार रुपैया पुरस्कार प्रदान गरिने छ । धनगढीको फाप्ला मैदानमा हुने प्रतियोगिताको लागि सगरमाथा सिमेन्ट मुख्य प्रायोजक रहेको छ । प्रतियोगितामा झण्डै साढे ३८ लाख खर्च हुने अनुमान गरिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved