This is a test

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता : घरलु टोली सुदुरपश्चिम र विभागीय टोली एपीएफको विजयी सुरुवात

0

नवराज पनेरु, धनगढी फागुन ०९ गते ।
आजदेखी धनगढीमा सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरलु टोली सुदुरपश्चिम र विभागीय टोली एपीएफले विजयी सुरुवात गथरेका छन् । आज भएको उद्धघाटन खेलमा सुदुरपश्चिमले पश्चिामचल विकास क्षेत्रलाई ५ विकेटले पाखा लगाएको हो भने एपीएफले मध्यपश्चिमलाई १० विकेटले पराजीत गरेको हो । धनगढीको फाप्ला त्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको पश्चिमाञ्चलले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतीमा ७३ रन बनायो । पश्चिमाञ्चलका लागी बर्षा रानाले १४ र सरस्वती पुनले १० रन बनाउन बाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् ।

पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा सुदुरपश्चिमकी लक्ष्मी साउदले ३ र कविता जोशीले २ विकेट लिईन् । ७४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको सुदुरपश्चिमले १७ दशमलव १ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य भेटायो । सुदुरपश्चिमका लागी विमला भट्टले १८ र कप्तान मञ्जु वोगटीले १२ रन बनाइन् । पश्चिमाञ्चलकी सरस्वती पुनले ३ विकेट लिईन् । खेलको वेष्टर्न एकेडेमी वुमेन अफ द म्याच सुदुरपश्चिमकी लक्ष्मी साउद भईन् ।

आजै भएको दोश्रो खेलमा टस जितेर व्याटीङ गरेको मध्यपश्चिमले १८ दशमलव ४ ओरभा सबै विकेट गुमाउदै ३६ रन मात्रै बनाउन सक्यो । मध्यपश्चिमले १० रन अतिरिक्त पाएको थियो । मध्यपश्चिमका लागी गिता गोसाईले १५ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् । मध्यपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफकी रितु कनौजीयाले ४ विकेट लिईन । ३७ रनको झिनो लक्ष्य सहित मैदान उत्रिएको एपीएफले ४ दशमलव ५ ओभरमा विना विकेटको क्षती लक्ष्य भेटायो । एपीएफकी ओपनर ज्योती पाण्डेयले १७ र सिता राना मगरले १२ रनको योगदान दिईन् । खेलमा वेष्टर्न कलेज म्यान अफ द म्याच एपीएफकी रितु कनौजीया भईन ।

यसअघि प्रतियोगीताको राष्ट्रीय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उद्धघाटन गर्दै फाप्ला क्रिकेट मैदानमा प्याराफीट निर्माणका लागी बजेट विनीयोजन गर्ने बताउनुभयो । कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिहले धनगढीलाई क्रिकेटको मात्रै होईन खेलकुदकै शहर बनाउनका लागी पहल भईरहेको बताउनुभयो । भोली मध्यामञ्चल र पश्चिमाञ्चल तथा दोश्रो खेल एपीएफ र पुर्वाञ्चल विच हुने प्रतियोगीताका संयोजक बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेता २ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । वुमेन अफ द सिरीजलाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई ५–५ हजारका दरले पुरुष्कार वितरण गरीने छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved