This is a test

प्रदेश ७ मा मुख्यमन्त्रीको चर्चा सुरु

0

शिबराज भट्ट, धनगढी २९ मंसिर

प्रदेश नम्बर ७ को समानुपातिकको मतगणना सकिने सकिने बेला अब मुख्यमन्त्रीको चर्चा परिचर्चा पनि हुन थालेको छ । प्रदेश नम्बर ७ मा प्रदेश तर्फ प्रत्यक्षमा बाम गठबन्धनको दुई तिहाई पुगेको छ । प्रदेशका ३२ सीट मध्ये एमालेले १७ र माओवादीले १० गरी २७ सीट जितेको छ ।
चुनाव अघि एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले प्रदेश नम्बर ७ को मुख्यमन्त्री एमालेबाट हुने सहमति गरेका थिए । त्यती बेलाको सहमति अनुसार प्रदेश नम्बर १, ३, ४ र ७ मा एमालेबाट मुख्यमन्त्री हुने र त्यस वाहेकका प्रदेशमा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनाउने सहमति भएको एकजना एमाले नेताले बताए ।
प्रदेश नम्बर ७ मा एमालेबाट पुर्व कृषिमन्त्री तथा एमालेका प्रदेश सह–संयोजक कर्णबहादुर थापाको नाम चर्चाको अग्रस्थानमा छ । एमाले स्रोतका अनुसार चुनाव अघि उनलाई नै मुख्यमन्त्री बनाउने भनेर बाजुराबाट समानुपातिक सूचीमा राखिएको छ । थापा समानुपातिक सूचीको १ नम्बरमा छन ।
थापाले चुनावका बेला गरिएको पत्रकार सम्मेलनमा पनि पार्टीले मुख्यमन्त्रीका रुपमा आफुलाई अघि सारेको स्वीकार गरेका थिए । तर एमालेले चुनाव अघि मुख्यमन्त्रीको घोषणा गरेरै चुनावमा गएमा भोटमा फरक पर्न सक्ने आँकलन गर्दै थापाका बारेमा सार्वजनिक रुपमा केही बोलेको थिएन ।
तर समानुपातिकको पछिल्लो सार्वजनिक गरिएको मत परिणाम अनुसार प्रदेश सभामा ३३ प्रतिसत महिला पुगाउनुपर्ने संबैधानिक ब्यवस्था भएकाले एमालेबाट समानुपातिकमा पुरुष चयन नहुने हुन कि भन्ने चिन्ता गरिन थालिएको छ ।
प्रदेश नम्बर ७ मा प्रदेशका लागि एमालेबाट प्रत्यक्षतर्फ कुनै पनि महिला निर्वाचित भएका छैनन । विश्लेषकहरु एमालेको भागमा समानुपातिकबाट ८ प्रदेश सांसद भाग परेमा पनि मुख्यमन्त्रीका दाबेदार थापा नपर्ने हुन की भन्ने चिन्ता हुन थालिएको छ । ‘पछिल्लो परिणाम अनुसार दुई÷तीन जना पुरुष पर्छनकी भन्ने आशा गरेका छौ’ एमाले नेता दिपक प्रसाद देवकोटाले भने ।
एमालेभीत्र, थापाले समानुपातिकमा नपरेपछि त्यसपछि मुख्यमन्त्री को बन्ने भन्ने अडकल पनि गरिन थालिएको छ । कर्ण थापापछि मुख्यमन्त्रीका लागि दोस्रो पुस्ताका युवा नेताहरुको पनि चर्चा सुरु हुन थालेको छ । पुरुषमा कैलालीका पार्टी सभापति दीर्घ सोडारी, कञ्चनपुरका पार्टी सभापति तारालामा तामाङ र महिलाबाट कञ्चनपुरबाट समानुपातिक लिष्टमा रहेकी नीरु पालको नामले चर्चा पाउन थालेको छ । कञ्चनपुरबाट समानुपातिकको १ नम्बरमा रहेकी निरुपाल पार्टीको केन्द्रिय सदस्य हुन । उनी महेश बस्नेत मन्त्री भएपनि युवा संघ नेपालको केन्द्रिय अध्यक्ष समेत भईसकेकी महिला हुन ।
‘पार्टीभीत्र अहिले नै मुख्यमन्त्रीका लागि छलफल भने सुरु भईसकेको छैन, पार्टीले छलपल चलाउछ, अझ यसबारेमा शीर्ष नेताहरुबीच पनि छलफल हुन्छ, अहिले त समानुपातिकको नतिजा नै आईसकेको छैन’ एमाले नेता महेश्वर पाठकले भने ।
एमालेबाट मुख्यमन्त्रीका लागि ‘हेवीवेट’ नभेटिएपछि यदी माओवादी केन्द्रलाई मुख्यमन्त्री दियो भने को हुनसक्छ भनेर पनि चर्चा परिचर्चा सुरु हुन थालेको छ । माओवादी केन्द्रका प्रदेश नम्बर ७ का ईञ्चार्ज तथा स्थाई कमिटि सदस्य लेखराज भट्ट भन्छन ‘थारुबाट विरमान चौधरी र हरिराम चौधरी पनि मुख्यमन्त्री हुने हैसियतका नेता हुन । उता पहाडमा त्रिलोचन भट्ट र झपट बोहरा पनि छन ।’ तर उनले पनि अहिले नै मुख्यमन्त्रीको बारेमा पार्टीभीत्र पनि छलफल सुरु भई सकेको बताए ।
बीरमान चौधरी २०५२ सालको जनपुद्ध सुरु भएयताका नेता हुन । उनले पार्टीको तल्लो कमिटि देखि धेरै जिल्लाको ईञ्चार्ज भएर काम गरिसकेका छन । उनि माओवादी केन्द्रका प्रस्तावित पोलिट ब्युरो सदस्य हुन भने हरिराम चौधरी पार्टीका पोलीटब्युरो सदस्य तथा थारुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष हुन ।
काँग्रेसमा मुख्यमन्त्री बन्ने सम्भावना न्युन छ । काँग्रेसले प्रदेश नम्बर ७ का ३२ सीट मध्ये ४ स्थानमा मात्र जितेको छ । कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट जितेका रणबहादुर रावल मुख्यमन्त्रीका दाबेदार भएपनि उनको पार्टीका चार सीटले काँग्रेस प्रतिपक्षमा बस्नेछ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved