This is a test

प्रदेश ७ मा मुख्यमन्त्री माओवादी लाई, सभामुख एमालेको भागमा

0

दीपक जोशी, धनगढी माघ १४ गते ।

नेकपा एमाले र माओवादी केन्द्रको वामपन्थी कार्यदलले प्रदेश ७ को मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने निर्णय गरेको छ । दुबै पार्टीका नेता सम्मीलित कार्यदलको आईतवार बसेको बैठकले प्रदेश ७ को मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने औपचारीक निर्णय गरेको हो । यस्तै प्रदेश ७ को सभामुख पद भने एमालेको भागमा परेको छ ।

प्रदेश नम्बर ६ र ७ मा मुख्यमन्त्री माओवादीलाई दिने र अन्य ४ प्रदेशमा एमालका मुख्यमन्त्री बनाउने निर्णय कार्यदलले गरेको हो । प्रदेश ७ मा माओवादी केन्द्रले मुख्यमन्त्री पाउने कुरा यस अघि नै चर्चामा आएको थियो ।

यहाँ माओवादी केन्द्रका नेता बिरमान चौधरी, झपट बोहरा, डोटीबाट त्रिलोचन भट्ट र दार्चुलाबाट मानसिह धामीको नाम चर्चामा छ । माओवादी केन्द्रभीत्र राजधानी तराई तोकिएकाले मुख्यमन्त्री पहाडमा दिनुपर्ने आवाज उठेको स्रोतले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved