This is a test

प्रदेश ७ मा मुख्यमन्त्रीका लागि दौडधुप सुरु

0

थापाको मुख्यमन्त्री हुने सम्भावना न्युन

प्रदेश ७ माओवादीको भागमा पर्ने सम्भावना बढदै

शिबराज भट्ट, धनगढी पुष ०२ गते ।

प्रदेश नम्बर ७ मा समानुपातिकको मतगणना सकिएसँगै मख्यमन्त्रीका लागि दौडधुप सुरु हुन थालेको छ । एमाले र माओवादी केन्द्रका सम्भावित अनुहारहरु आ–आफ्नै पार्टीका शक्तिकेन्द्र धाउन थालेका छन । प्रदेश नम्बर ७ को मतगणना सकिएसँगै समानुपातिक उमेदवारको जोडघटाउन पनि सुरु भएको छ ।

पछिल्लो परिणाम अनुसार प्रदेश नम्बर ७ मा नेपाली काँग्रेस र नेकपा एमाले ८÷८ सीट पाउने सम्भावना रहेको छ । माओवादी केन्द्रले ४ सीट, राजपाले १ सीट पाउने नतिजा आएको छ । यद्यपी सीटको बाँडफाँटको टुंगो भने लागेको छैन ।

एमालेले ८ सीट पाएपनि चुनाव अघि मुख्यमन्त्री भनेर प्रस्तावित गरिएका एमाले पोलिटब्युरो सदस्य कर्णबहादुर थापा प्रदेश सभामा जाने सम्भावना एकदमै न्युन देखिएको छ । प्रदेश सभामा ३३ प्रतिसत महिला सांसद पुगाउनै पर्ने संवैधानीक ब्यवस्था भएकाले एमालेले जितेको सीटको ३३ प्रतिसत भनेको ८ सीट हुन्छ । एमालेले प्रदेशमा प्रत्यक्ष तर्फ १७ सीट जितेको छ । उसले ८ सीट पाएपनि सबै सीटमा महिला पठाउनुपर्ने देखिन्छ ।

‘हुन त बाजुराबाट कर्णबहादुर थापाको नाम समानुपातिकको १ नम्बरमा छ, तर पुरुषका लागि सीटै नबच्ने भएकाले उहाँको सम्भावना न्युन भएको छ’ एमालेकै एकजना नेताले भने ‘यद्यपी अहिले नै समानुपातिक सीट बाँडफाँट गरिएका छैनन ।’

कर्ण थापाको सम्भावना न्युन भएपछि एमालेका दोस्रो पुस्ताका नेताहरु शक्तिकेन्द्रमा धाउन थालेका छन ।

कर्ण थापाको सम्भावना न्युन भएपछि एमालेका दोस्रो पुस्ताका नेताहरु शक्तिकेन्द्रमा धाउन थालेका छन । बाजुराबाटै प्रत्यक्ष निर्वाचित प्रकाश शाह, एमाले कैलालीका जिल्ला अध्यक्ष दीर्घ सोडारी, कञ्चनपुरका जिल्ला अध्यक्ष तारा लामा तामाङ र बझाङबाट प्रत्यक्ष निर्वाचित अर्जुन थापाको नाम चर्चामा आउन थालेको छ ।

‘एमालेले प्रदेश नम्बर ७ मा प्रदेशतिर चुनाव लडाएका दुईजना डडेल्धुराबाट डाक्टर ताराप्रसाद जोशी र कैलाली १ बाट रेशम चौधरीका बुवा लालबीर चौधरी पराजित भएपछि एमालेबाट समानुपातिकमा पुरुषका लागि सीट नपुग्ने भएको हो । मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै हिड्नु भएका कर्णबहादुर थापाले समानुपातिकमा गएर सामान्य गणितीय हिसाव पनि नगरेको धेरैले भन्न थालेका छन ।

‘कर्ण थापा एकजना पराजित हुने वित्तिकै पनि समानुपातिकमा पर्दैनन, किनकी प्रत्यक्षमा पार्टीले महिला उमेदवार उठाएको छैन, यत्ती हिसाव राखेर प्रत्यक्ष लडेको भए नि हुने थियो, तर अहिले उहाँको सम्भावना न्युन छ’ एकजना एमाले नेताले भने ।

निर्वाचन अघि नेकपा एमाले र माओवादी केन्द्रबीच प्रदेशमा मुख्यमन्त्रीको सामान्य भागबन्डा भए अनुसार अहिलेसम्म यो प्रदेश एमालेको भागमा परेको छ । सहमति अनुसार क्षेत्र नम्बर १, ३, ४ र ७ एमालेलाई दिने र प्रदेश नम्बर ५ र ६ माओवादीलाई दिने सहमति भएको थियो ।

क्षेत्र नम्बर ५ मा एमाले नेता शंकर पोखरेललाई नै मुख्यमन्त्रीका लागि अघि सारेर चुनावमा गएकाले त्यहाँ उनलाई रोकेर माओवादीलाई दिदा नराम्रो हुने भन्दै एमालेका शीर्ष नेतृत्व प्रदेश नम्बर ७ र ५ को अदलाबदली गर्ने मनसायमा पुगेको एमाले स्रोतले जनाएको छ ।

तर क्षेत्र नम्बर ५ मा एमाले नेता शंकर पोखरेललाई नै मुख्यमन्त्रीका लागि अघि सारेर चुनावमा गएकाले त्यहाँ उनलाई रोकेर माओवादीलाई दिदा नराम्रो हुने भन्दै एमालेका शीर्ष नेतृत्व प्रदेश नम्बर ७ र ५ को अदलाबदली गर्ने मनसायमा पुगेको एमाले स्रोतले जनाएको छ । प्रदेश नम्बर ५ मा मुख्यमन्त्रीका दाबेदार पोखरले अध्यक्ष ओली निकट मानिन्छन ।
एमालेभीत्र प्रदेशको मुख्यमन्त्री दिनका लागि अलि सिनियर नेता नभएकाले पनि एमालेलाई संसदस्य दलको नेता बनाउन सकस देखिएको छ । ‘एमालेले प्रदेश नम्बर ५ मा शंकर पोखरलेलाई अघि सारेकाले यो प्रदेश माओवादीका भागमा पर्न सक्छ’ एमाले नेता महेश्वर पाठकले भने ।

माओवादीको भागमा आउने कुराले चर्चा पाएसँगै त्यसभीत्र पनि सम्भावित उमेदवारहरुले दौडधुप सुरु गरेका छन । माओवादी केन्द्रबाट अहिले कैलाली ३ बाट प्रत्यक्षमा जितेका विरमान चौधरीको नाम अग्रपंतीमा छ । थारु मुख्यमन्त्री भए यसअघिको अखण्ड र थरुहटको सामाजिक तुस पनि मेटिने भएकाले उनलाई बनाउनुपर्छ भन्नेहरुले पनि सामाजिक सञ्जाल रंगाएका छन ।

तर माओवादी केन्द्रभीत्र अछामबाट विजयी सांसद झपट बोहरा, डोटीबाट त्रिलोचन भट्ट, दार्चुलाबाट मानबहादुर धामीको नाम पनि चर्चामा छ । विरमान माओवादी केन्द्रीय सचिवालय सदस्य हुन भने धामी र बोहरा केन्द्रिय सल्लाहकार हुन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved