This is a test

प्रदेश ७ मा भाषा आयोगको माग ( भिडीयो सहित )

0

नवराज पनेरु, धनगढी फागुन ०८
नेपाली भाषाको उद्गम थलोको रुपमा रहेको प्रदेश नम्वर ७ मा रहेका मातृ भाषाहरुको संरक्षणका लागी छुट्टै भाषा आयोगको माग हुन थालेको छ । धनगढीबाट प्रकासन हुने सुदुर चिनारी द्धमाषीक पत्रिकाको आयोजनमा भएको कार्यक्रममा भाषा आयोगको माग गर्ने निर्णय भएको हो ।

प्रदेश नम्वर ७ का भाषा, साहीत्यकर्मीहरुले मातृ भाषाहरु अहिले लोप हुने अवस्थामा पुगीरहेकाले भाषा आयोग गठन गरे भाषासंगै सस्कृतीको पनि संरक्षण हुने सस्कृतीकर्मी प्राध्यापक डाक्टर बद्रिशर्मा विनाडीको भनाई छ ।

पहाडी क्षेत्रका फरक–फरक जिल्लाहरुमा वोलिने मातृ भाषालाई डोट्याली र कैलाली कञ्चनपुरको राना थारु भाषाका वारेमा धेरै जना जानकार भए पनि मातृ भाषा र तीनको संख्याको वारेमा एकिन तथ्यांक छैन् । भाषा आयोगले यस क्षेत्रमा बोलीने भाषाको यकिन तथ्याङकन संकलन गरी भाषालाई जिवीत राख्न र सोहीसंगै जोडीएको सस्कृतीको सम्वद्धनमा पनि टेवा पुगाउने अपेक्षा गरीएको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य वासुदेव पाण्डेयले बताउनुभयो ।

धेरै मातृ भाषाहरु आधुनिकताको प्रभाव र सम्बन्धित निकायको वेवास्ताका कारण लोपोन्मुख अवस्थामा पुगेका छन । मातृभाषा कति अपरिहार्य छ भन्ने कुरा वुझ्न नसकेका कारण भएका भाषाहरु पनि हराउदै जान लागेको अवस्थामा मातृ भाषाहरुको खोजी निति पनि आवश्यक ठानीएको छ । साथै सरकारी कामकाजको भाषा कुन भाषा बनाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा पनि भाषा आयोग गठन गरी व्यापक छलफलको महसुश गरीएको छ ।

नेपालमा केन्द्रिय तथ्यांक विभागले देशभर १ सय २३ मातृ भाषा रहेको वताएको छ भने त्यसको ५० प्रतिशत भाषा प्रदेश नम्वर ७ मा पनि बालीने अनुमान गरीएको छ । संविधानले नै एक वा एक भन्दा वढी मातृभााषालाई सरकारी कामकाजको भाषा तोक्न सक्ने व्यवस्था गरेको छ । त्यहि व्यवस्थालाई टेकेर थारु समुदायले थारु बाहुल्य क्षेत्रमा थारु भाषा नै सरकारी कामकाजको भाषा हुनुपर्ने माग गरीरहेका छन् । सबै समुदायका लागी उपयुक्त भाषाको छनौट र अन्य सबै मातृ भाषाको संरक्षणका लागी भाषा आयोगको गठन नै महत्वपुर्ण रहेको सह प्राध्यापक जगन्नाथ जोशीले बताउनुभयो ।

सुदुर चिनारीको संयोजकत्वमा प्रदेश नम्वर ७ को पहाडी क्षेत्रमा बोलीने भाषाको भाषा तत्व अध्ययन तथा विकास समन्वय समिती पनि गठन गरीएको छ । समितीको सदस्यमा डाक्टर बद्रिशर्मा विनाडी, डाक्टर देवेन्द्र प्रशाद भट्ट, सह प्राध्यापकहरु डिल्लीराज फुलारा, गणेशराज जोशी, जगन्नाथ जोशी, हरिकृष्ण कडायत र खगेन्द्रराज जोशी रहेका छन् । यस्तै ९ सदस्यीय सल्लाहकार समिती पनि गठन गरीएको छ ।

 भिडीयो :

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved