This is a test

प्रदेश ७ को सभामुख बन्न एमालेका चार नेता प्रतिस्पर्धामा

0

धनगढी, माघ २१ गते ।

वाम गठबन्धनको भागबन्डामा सभामुख पद एमालेको भागमा परेको छ । मुख्यमन्त्रीको दाबी गरिरहेका एमाले नेताहरू पछिल्लो समय सभामुख बन्न लबिङ गरिरहेका छन् । डोटीबाट निर्वा्चित पूर्णा जोशी, डडेल्धुराबाट निर्वा्चित पठानसिंह बोहरा, कञ्चनपुरका तारा लामा तामाङ र बझाङबाट निर्वा्चित अर्जुन थापा सभामुख बन्ने दौडमा छन् ।

यीमध्ये तामाङ र थापाको सम्भावना बलियो रहेको एक एमाले नेताले बताए । २१ माघमा प्रदेश संयोजक तथा पार्टी उपाध्यक्ष भीम रावलको उपस्थितिमा संसदीय दलको बैठक बस्ने एमालेको तयारी छ । त्यही बैठकले संसदीय दलको नेता तथा सभामुखको उम्मेदवार चयन गर्नेछ । नयाँ पत्रिका दैनिकबाट

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved