This is a test

प्रदेश ७ को सभामुखमा अर्जुन थापा निर्विरोध

0

शिबराज भट्ट, धनगढी माघ २७ गते ।  
बझाङको निर्वाचन क्षेत्र नम्बर ‘क’ बाट प्रदेश सभामा निर्वाचित एमालेका नेता अर्जुन बहादुर थापा प्रदेश नम्बर ७ को सभामुखमा निर्विरोध हुनु भएको छ । थापालाई सभामुख बनाउन नेकपा एमालेमा संसदीय दलको नेताका दाबेदार प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारी प्रस्तावक र नेकपा माओवादी केन्द्रबाट संसदस्य दलका नेता त्रिलोचन भट्ट समर्थक बसेर सभामुखको मनोनयन दर्ता गरिएको हो ।

प्रदेश सभा संसद सचिवालयले शनिबार ५ः३० बजे प्रकाशित गरेको उमेदवारको अन्तिम नामावलीमा थापाको मात्रै उमेदवारी परेपछि उहाँ निर्विरोध हुनु भएको हो । तर संसद सचिवालयका सचिव मुरारी महले भने सभामुख निर्वाचित भएको औपचारिक घोषणा भने माघ २९ गतेको संसद बैठकमा हुने बताउनुभयो ।

मनोनयन दर्ता गराउनका लागि एमाले पार्टीको चटकपुरमा रहेको प्रदेश कार्यालयबाट बाम गठबन्धनका प्रदेश सभा सदस्यहरु, पुर्व सांसदहरुको टोली संसद भवन पुगेको थियो । ६२ वर्षका थापाले आफु अब संसदको अविभावक भएकाले संविधानले दिएको अधिकार प्रयोग गरेर प्रदेश नम्बर ७ का लागि काम गर्ने बताउनुभयो ।

थापाको राजनीतिक यात्रा

बझाङको खप्तडछान्ना गाउपालिका –२ मा २०१२ माघमै जन्मिएका थापाले २६ वर्ष शिक्षण पेशमा विताउनुभयो । भुगोल र अर्थशास्त्र विषयमा स्नातक गर्नुभएका थापाले बझाङकै खप्तड मावि, लामातोला मावि र दुर्गाभवानी माविमा २६ वर्ष अध्यापन गराउनु भएको थियो । २०३६ सालमा उनी नेपाल राष्ट्रिय सिशक्षक संघको बझाङ जिल्लाका संस्थापकसह सचिव हुदै २०६२ सालमा पार्टीको बझाङ जिल्ला सचिव र २०६६ सालमा पार्टीको जिल्ला अध्यक्ष समेत हुनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल बुद्धीजिवि परिषद हुदै उनी अहिले नेकपा एमालेको प्रदेश नम्बर ७ का प्रदेश कमीटि सदस्य हुनुहुन्छ ।

उहाँले ‘विश्व कम्युनिष्ट आन्दोलनको एक झलक’ (विश्व– नेपाल – बझाङ) नामक पुस्तक र ‘माक्र्सवादको सिर्जनात्मक प्रयोग र जनताको बहुदलीय जनबाद’ नामक पुस्तक पनि प्रकाशित गरिक्नु भएको छ । सभामुखमा निर्विरोध भएपछि, उनकी श्रीमती पावशरा थापाले उहाँलाई अविर लगाउदै हात मिलाएर बधाई दिनुभयो । पावशरा पनि खप्तडछान्ना गाउँपालिकाकी उपाध्यक्ष हुनुहुन्छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved