This is a test

प्रदेश ७ को उपसभामुख चयन आज

0

धनगढी, फागुन ०६ गते ।
प्रदेश नम्वर ७ को प्रदेशसभाले आज उपसभामुख चयन गर्दै छ । संसदको दोस्रो बैठकले उपसभामुखको चयनका लागी आज तेस्रो बैठक बोलाएको छ । प्रदेश ७ मा वाम गठबन्धन वाट माओवादी केन्द्रकी सांसद् निर्मला जोशीको नाम तय गरेको छ । शनिवार बसेको माओवादी केन्द्र, ७ नम्बर प्रदेश कमिटि र जिल्ला इन्चार्जको बैठकले जोशीलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । वामगठबन्धन बिच भएको सहमती अनुसार ७ नम्बर प्रदेश मा सभामुख एमालेलाई र उपसभामुख माओवादी केन्द्रले लिने सहमती भएको थियो । एमालेले सभामुख र माओवादीले उपसभामुख लिने भागबण्डाका आधारमा सभामुख यसअघि नै चयन भइसकेका छन् । प्रदेश सभामुखमा यसअघि नै एमालेका अर्जुन थापा चयन भइसक्नुभएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved