This is a test

प्रदेश ७ को उपसभामुखमा निर्मला बडाल जोशी

0

धनगढी, फागुन ०७ गते ।

प्रदेश सभाको आईतवारको बैठकले उपसभामुखको चयन गरेको छ । माओवादी केन्द्रको तर्फबाट दार्चुलाबाट समानुपातिक प्रदेश सभा सदस्य निर्मल बडाल जोशीलाई प्रदेश सभाले उप सभामुख चयन गरेको हो । प्रदेश सभाको बैठकमा उपसभामुखका प्रस्तावक तथा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा ढिलो गरी पुगेकाले उपसभामुखमा निर्मला जोशी बडालको प्रस्ताव माओवादीकै प्रदेश सभा सदस्य अक्कल बहादुर रावलले गर्नुभएको थियो ।

भने समर्थन एमालेका प्रदेश सभा सदस्य तारा लामा तामाङले गर्नुभएको थियो । उपसभामुखमा जोशीको मात्रै मनोनयन परेकाले उहाँ निर्विरोध निर्वाचित हुनु भएको हो । सभामुख अर्जुन बहादुर रावलले उप सभामुख जोशीलाई पद तथा गोपनियमताको सपथ दिलाउनु भएको छ ।

यस्तै उपसभामुखको सपथ प्रदेश सभा भवनको माथिल्लो तलामा रहेको जिल्ला समुन्वय समितिको हलमा गरिएको थियो । २० जना क्षमताको हलमा ५२ जना प्रदेश सभा सदस्यले बस्न नपाएपछि ब्यवस्थापन पक्षको आलोचना भएको थियो । प्रदेश सभाको अर्को बैठक अर्को सुचना नआएसम्मका लागि स्थगित भएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved