This is a test

प्रदेश ७ को आर्थिक समृद्धीका लागि छुट्टै कृषि नीति बन्नुपर्ने कृषिविज्ञको सुझाव

0

धनगढी, पुस २४ गते ।

सुदूरपश्चिमा किवि खेतीको सम्भावना देखेर पहिलो पटक किविका विरुवा भित्र्याउनु भएका कृषिविज्ञ यज्ञराज जोशीले, सुदूरपश्चिमको आर्थिक समृद्धीका लागि सरकारले कृषिमा लगानी बढाउनुपर्ने बताउनु भएको छ ।

सरकारले ९० प्रतिसत जनता कृषिमा आश्रीत रहेका तर तीनका लागि तीन÷चार प्रतिसत मात्रै बजेट विनियोजन हुने भएकाले कृषिमा क्रान्ति ल्याउन नसकिएको बताउनुभयो । उहाँले मुलुक संघीयतामा गएसँगै अब जिल्ला अनुसार कृषिका योजनाहरु बन्नुपर्ने र पकेट क्षेत्र घोषणा गरेर कृषि उत्पादनमा बढावा दिनुपर्ने बताउनुभयो ।

भारतबाट आयात भइरहेको अरवौंको कृषि उपजको अध्ययन गरेर त्यसलाई प्रतिस्थापन गर्न मात्रै सके सुदूरपश्चिम आफै सुन्दर र समृद्ध हुने उहाँको भनाई छ ।
यसबारेमा सहकर्मी शिबराज भट्टले आईतवारको साप्ताहिक स्तम्भ सुन्दरपश्चिमका लागी कृषिविज्ञ यज्ञराज जोशी संग कुराकानी गर्नुभएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved