प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि कञ्चनपुरलाई

0

महेन्द्रनगर, २३ असोज ।

सात नम्बर प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि कञ्चनपुरले जितेको छ । बझाङ्गमा सम्पन्न अन्तिम फाईनल खेलमा आयोजक जिल्ला भलिबल संघ बझाङ्गलाई ३–२ को सेटमा पराजित गर्दै कञ्चनपुरले उपाधि जितेको हो । असोज १९ गतेबाट शुरु भएको प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि संग कञ्चनपुरले नगद एकलाख एकहजार पुरस्कार, ट्रफि र मेडल हात पारेको छ । उपविजेता जिल्ला भलिबल संघ बझाङ्गले ७५ हजार, ट्रफि र मेडल हात पा¥र्यो ।
तेस्रो स्थानमा रहेको डोटीले २५ हजार नगद हात पा¥र्यो । जिल्ला खेलकुद विकास समितिको संयोजन र जिल्ला भलिबल संघको आयोजनामा प्रदेश स्तरीय भलिबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा सात नम्बर प्रदेशको बैतडी, अछाम र कैलाली बाहेकका अन्य ६ जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोहमा नेपाल भलिबल संघका केन्द्रिय सचिव एवं भलिबल प्रशिक्षक जगदिश प्रसाद भट्ट प्रमुख अतिथी रहेका थिए ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved