This is a test

प्रदेश सभा भवन पुर्ननिर्माणको काम अन्धाधुन्ध शैलीमा (भिडियो रिपोर्ट)

0

सीताराम ओझा, धनगढी माघ १९ गते ।

धनगढीमा प्रदेश संसद भवनका लागि तयार पार्न लागिएको जिल्ला समन्वय समितिको भवनको पुर्ननिमार्णको काम युद्धस्तरमा भईरहेको भएपनि काम भने अन्धाधुन्ध शैलीमा भईरहेको छ । माघ २१ गते पहिलो प्रदेश सभा बैठक बस्ने भएपछि त्यो भन्दा अघि नै काम गरि सक्ने गरी निर्माणको जिम्मा दिएपनि त्यसको कुनै लेखाजोखा गरिएको छैन् । सार्वजनिक खरिद ऐनमा ५ लाख मुनिको काम टेण्डर विना नै दिन सकिने प्रावधान भएपनि संसद भवन तयार गर्नका लागि विभिन्न व्यवसायीलाई दिईएको कामको रकम भने उल्लेख गरिएको छैन ।

रकम जति लागे पनि प्रदेश सभा वैठक अघि नै सवै तयारी सिद्धाउने गरी काम भईरहेको छ । निर्माण व्यवसायीहरुलाई रकम भन्दा पनि काम सम्पन्न गर्ने गरी कामको जिम्मा दिएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय कैलालीका प्रमुख तथा प्रदेश कार्यालय व्यवस्थापन समितीका सदस्य सचिव रविन्द्र वोहोराले बताउनुभयो । विभिन्न कामहरु ८ जना निर्माण व्यवसायी र अन्य व्यवसायीलाई दिईएको छ । राजनितिक र प्रशासनीक पहुँचको भरमा काम दिएको आरोप लागेका वेला कुन काम सम्पन्न गर्न कति रकम लाग्ने भन्ने हिसाव किताव पनि गरिएको छैन ।

आफ्नो काम गर्न सक्ने व्यवसायीलाई कामको जिम्मा दिएर काम अगाडी वढिरहेकोले निर्धारित समयमै काम सक्ने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका ईन्जिनियर महादेव अवस्थीले दावी गर्नुभयो । प्रदेश सभाको वैठक कक्षको अन्धाधुन्ध काम भईरहेको अवस्थामा, मन्त्रालम लागि भने टेन्डर आह्वान भएको छ ।

सेती अञ्चल यातायात ब्यवस्था कार्यालयको नवनिर्मित भवनलाई मुख्यमन्त्रीको कार्यालयको लागि निर्माणको काम भईरहेका वेला प्रदेश कार्यालय ब्यवस्थापन समितिले वडा प्रहरी अगाडि निर्माण भईरहेको जिल्ला जनस्वास्थ्य कार्यालयको भवनमा सामाजिक विकास मन्त्रालय, जिल्ला कृषि विकास कार्यालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, क्षेत्रीय सिचाई निर्देशनालयमा भौतिक पुर्वाधार विकास मन्त्रालय राख्ने निर्णय गरेसँगै त्यसको निर्माणका लागि प्रक्रिया अगाडी वढाईने भएको छ ।

यस्तै आन्तरिक राजश्व कार्यालयको परिषरमा निर्माण भईरहेको नवनिर्मित भवनमा आर्थिक मामिला तथा उद्योग मन्त्रालय, तारानगरमा रहेको क्षेत्रीय पशु तालिम केन्द्रमा कार्यालयमा भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र क्षेत्रीय वन निर्देशनालयको भवनमा उद्योग पर्यटन, वातावरण तथा वन मन्त्रालय राख्ने निर्णय गरिएको थियो । वुधवार केही मन्त्रालयको निर्माणका लागि टेण्डर आव्हान भएको थियो भने, विहीवार वाँकी मन्त्रालयको विभिन्न काम गर्नका लागि टेण्डर आव्हना भएको छ ।

मन्त्रालयको निर्माण कार्य दिनका लागि राजनितिक दलहरुले भागवण्डा माग्न थालेपछि टेण्डर निकालिएको हो । आफु पार्टी निकटका निर्माण व्यवसायी र अन्य व्यवसायीलाई काम दिनुपर्ने दवाव आउन थालेपछि ७ दिनको सुचना निकालेर निर्माणको काम अगाडी वढाईने भएको छ । निर्माणको काम सुरु हुन एक साता लाग्दा त्यसको निर्माण सम्पन्न गर्न भने अझै समय लाग्ने देखिएको छ ।

भिडियो हेर्नुहोस :-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved