This is a test

प्रदेश र प्रतिनिधिसभाको चुनावमा पहिलो पार्टी : एमाले

0

काठमाडौं, १५ असोज ।
एमालेले प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीलाई सवैभन्दा ठुलो बनाउने गरि लाग्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेको छ । आज बसेको स्थायी समितिको र्बैठकले स्थानीय तहमा सवैभन्दा ठुलो दल बनाएर नागरिकले एमालेप्रतिको भरोसा ब्यक्त गरेको निष्कर्ष निकाल्दै प्रदेश र प्रतिनिधिसभाको चुनावबाट पनि पहिलो दल बन्ने गरि तयारी थाल्न सवै तहका नेता कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा बसेको बैठकमा तेश्रो चरणको स्थानीय चुनावको समिक्षा पनि भएको थियो । प्रदेश नम्बर २ मा भएको तेश्रो चरणको चुनावमा एमालेलाई प्रवेश निषेध भनेर प्रचार गर्दापनिसमग्र सिट सख्याको आधारमा एमाले दोश्रो स्थानमा रहनु सुखद भएको निष्कर्ष बैठकले निकालेको उहाँले जानकारी दिनुभयो । स्थानीय तहको परिणामले नागरिकको भरोसा एमालेप्रति रहेको पुष्टि भएकाले प्रदेश र स्थानीय तहमा पनि एमाले नै पहिलो दल बन्ने देखिएकाले विवाद र गुट उपगुटको राजनीति त्यागेर एकढिक्का भएर चुनावमा लाग्नुपर्नेमा नेताहरुले जोड दिएका थिए ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved