This is a test

प्रदेश नम्बर ७ को आर्थिक स्रोत जलविद्युत

0

सिताराम ओझा, धनगढी माघ २८ गते ।

प्रदेश नम्बर ७ मा स्थानीयबासी र प्राधिकरणका कर्मचारीको संलग्नतामा एउटा जलविद्युत आयोजना निर्माणको मागगर्दै नेपाल विद्युत प्राधिकरण कर्मचारी युनीयनको दशौं केन्द्रीय सभा शनिबार सकिएको छ । शुक्रबार एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सभाको उद्घाटन गरेका थिए । केन्द्रीय सभाले २९ बुँदे घोषणा पत्र पनि जारी गरेको छ ।

घोषणा पत्रमा प्रदेश नम्बर ७ लाई आर्थिक रुपमा सम्पन्न बनाउन प्रदेशका जनता र प्राधिकरणका कर्मचारीको संलग्नतामा यस प्रदेशमा कम्तीमा पनि एउटा १० मेगावाट देखि ५० मेगावाट सम्मको जलविद्युत आयोजना निर्माणका जिम्मेवारी दिन माग गरिएको छ । केन्द्रिय सभाले प्रदेश नम्बर ७ को समृद्धी र आर्थिक उन्नतीका लागि यस प्रदेशमा अरु थुप्रै नदीहरुमा जलविद्युत आयोजना निर्माणका लागि मान गरेको छ ।

केन्द्रय सभाले दीर्घकालिन रुपमा प्राधिकरणलाई अस्वाभावित आर्थिक भार पर्ने गरी भर्खरै गरिएको रसुवा भोटेकोशी र माथिल्लो त्रिसुली १ को विद्युत सम्झौता बदर गर्न माग गरेको छ । सभाले जलविद्युतमा आत्मनिर्भर बन्न सस्ता र आकर्षक आयोजनाहरु नेपाल विद्युत प्राधिकरणलाई उपलब्ध गराउन पनि माग गरेको छ । प्रदेश नम्वर ७ मा झण्डै ३० हजार मेघावाट विद्युत उत्पादन हुने अनुमान गरिएको छ ।

यहाँ बहुप्रतिक्षीत पञ्चेश्व परियोजना, पश्चिम सेती र कर्णाली नदीमा ३० हजार मेगावाट जलविद्युत उत्पादन गर्न सकिने अनुमान गरिएको छ । विद्युत उत्पादन गर्न सकेमात्रै प्रदेश नम्वर ७ ले आर्थिक स्रोत जुटाउन अरु केही गर्नु नपर्ने निष्कर्ष विद्युत प्राधिकरणमै कार्यरत कर्मचारीहरुले निकालेका छन ।

उनीहरुले त्यसका लागि आवश्यक लगानीको वातावरण तयार पार्दै जनसहभागीतामा जलविद्युत आयोजनाहरु निर्माण हुनुपर्ने वताए । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनमा प्रदेश नम्वर ७ का उपाध्यक्ष जयबहादुर सिहले महाकाली, कर्णाली र सेती तीन ठुला नदिका साथै बुढीगंगा, कालंगा र चमेलिया जस्ता साना नदिमा पनि जल विद्युतको प्रचुर सम्भावना रहेको बताए ।

‘विकासका लागि नेताहरुले नेतृत्व लिनुपर्ने भएकाले अब जनमुखी आयोजनाहरु निर्माणमा ध्यान दिनुपर्छ’ उनले भने । प्राधिरणका प्राविधिकहरुको क्षमताको भरपुर प्रयोगगर्दै अब प्रदेश सरकारले कर्मचारीहरुको संहभागितामा जल विद्युत आयोजनाहरु बनाउनुपर्ने बताए । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनीयनका केन्द्रिय अध्यक्ष रामेश्वर पौडेलले २९ बँुदे घोषणा जारि गरेका थिए । सभाले कर्मचारीका हकहितका कुराहरुमा पनि जोड दिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved