This is a test

प्रदेश नम्बर ७ का चार जिल्लामा मतगणनाको तयारी पुरा

0

एफ एम सम्ंवाददाताहरु, मंसिर २१ गते ।

पहिलो चरणमा मतदान भएको पहाडि जिल्लामा आज बेलुकी देखि हुने मतगणनाको तयारी पुरा भएको छ । बैतडीमा मतगणनाको लागि सम्पूर्ण तयारी पुरा भएको छ । दोस्रो चरणको मतदान सकिने बित्तिकै मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरु सहितको सर्बदलिय बैठक सम्पन्न गरेको छ ।

बैठकपछि प्रदेश सभा र प्रतिनिधी सभाको प्रत्यक्ष तफको मत एकैसाथ गणना गर्ने, एक जना उम्मेदवारले दुई जना प्रतिनिधी राख्न पाउने सदर तथा बदर मत सम्बन्धि सहमती भएको प्रदेश सभा उम्मेदवार प्रेमप्रकाश भट्टले जानकारी दिनुभयो । मतगणनाका लागि दशरथचन्द नगरपालिकाको नयाँ भवनमा सबै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत बिश्णुप्रशाद गौतमले जानकारी दिनुभयो । मतगणनाका लागि गणक र उम्मेदवारका प्रतिनिधी बस्ने ठाउँको बीचमा ग्याबिन तार जाली लगाइएको छ ।

बाजुरामा पनि मतगणनाको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । ५ बजे बाट तीन वटा स्थानमा मतगणना गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनुभयो । प्रतिनिधि सभा, प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फको मतगणना पहिला गर्ने र त्यसपछि मात्रै समानुपातिकको मतगणना गरिने छ ।

बझाङमा पनि मतगणना गर्नका लागी व्यवस्थापनको काम पुरा भएको छ । मतगणना स्थल रहेको जिल्ला पशुसेवा कार्यालयको भवनमा मतगणना गर्ने कोठाको तयारी सहित सुरक्षा व्यवस्थापन कडा पारिएको छ । मतगणना स्थलमा खटिने कर्मचारीहरुको छनौट गरेर अनुमती पत्रको व्यवस्था गरि सकेको मुख्य र्निबाचन अधिकृत पुर्ण प्रशाद वास्तोलाले जानकारी दिनुभयो ।

चारवटा गणक टोली बनाईएको छ भने रात दिन लगातार मतगणना गरिने हुदाँ २३ गतेभित्र नै मतपरिमाण आई सक्ने मुख्य र्निबाचन अधिकृतको कार्यालयले जनाएको छ । १ लाख ४ हजार २ सय ७५ मतदाता रहेको बझाड जिल्लामा ६६ हजार ७ सय ३६ मत खसेका छन । दार्चुलामा पनि बेलुकी ५ बजेबाटै मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved