This is a test

प्रदेशसभा ७ को उपसभामुखमा निर्मला जोशीको उम्मेदवारी दर्ता

0

धनगढी, फागुन ०७ गते ।
प्रदेशसभा ७ को उपसभामुख पदका लागि माओवादी केन्द्रकी सांसद् निर्मला जोशीले उम्मेदवारी दर्ता गराउनुभएको छन् । उहाले मनोनयन स्थल रहेको प्रदेशसभा भवनमा सुरूमै उम्मेदवारी दर्ता गराएउनुभएको हो । आईतवार हुने उपसभामुख निर्वाचनका लागि शनिवार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्मको समय तोकिएको थियो । संसदको दोस्रो बैठकले उपसभामुखको निर्वाचनका लागि फागुन ६ गते तेस्रो बैठक बोलाएको थियो । यसअघि सम्पन्न माओवादी केन्द्र, ७ नम्बर प्रदेश कमिटि र जिल्ला इन्चार्जको बैठकले जोशीलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । एमालेले सभामुख र माओवादीले उपसभामुख लिने भागबण्डाका आधारमा सभामुख यसअघि नै चयन भइसकेका छन् । प्रदेश सभामुखमा यसअघि नै एमालेका अर्जुन थापा चयन भइसक्नुभएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved