This is a test

प्रदेशको राजधानीका लागि हुने आन्दोलनमा नजान राष्ट्रिय जनमोर्चा कैलालीद्वारा कार्यकर्तालाई निर्देशन

0

धनगढी, पुस ०७ गते ।

प्रदेश नम्बर ७ को राजधानीका लागि चर्चा परिचर्चा सुरु भईरहेका बेला राष्ट्रिय जनमोर्चाले प्रदेश राजधानीका बारेमा हुने कुनै पनि आन्दोलनमा सहभागि नहुन कार्यकर्ताहरुलाई निर्देशन जारी गरेको छ । राष्ट्रिय जनमोर्चाका कैलाली जिल्ला अध्यक्ष लक्षिराम आचार्यले बिहीवार प्रेस विज्ञप्ती जारी गर्दै देशमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भर्खरै सम्पन्न भएका बेला प्रदेश राजधानी कहाँ बनाउने बारे चर्चा परिचर्चा भईरहेको र त्यसले क्षेत्रिय बिवादहरु पैदा हुने भएकाले त्यस्ता आन्दोलनमा सहभागि नहुन भन्दै कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

‘हाम्रो पार्टी क्षेत्री बिवादलाई गलत मान्दछ, हामीले सुरुदेखि नै सरकारले एउटा अधिकार सम्पन्न आयोगको गठन गरि त्यसले प्रदेशहरुको भौगोलिक स्थति र अन्य सबै पक्षहरुमाथि ध्यान दिएर नै प्रदेशहरुका राजधानीका लागि सुझाव दिनुपर्ने कुरामा जोडदिँदै आएकोले उपरोक्त प्रकारका कुनै पनि आन्दोलनमा राष्ट्रिय जनमोर्चाका सदस्यहरु संलग्न नहुन निर्देशन गर्दछु’ जारी विज्ञप्तीमा भनिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved