प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि आयोजकलाई

0

शिवराज खत्री, अछाम १ कार्तिक ।

अछामको कमलबजारमा आयोजित प्रथम जिल्लास्तरिय क्रिकेट प्रतियोगिताको उपाधि कमलबजार नगरपालिका ‘बी’ ले हात पारेको छ । मगंलबार कमलबजारको हवाई मैदानमा सम्पन्न फाईनल खेलमा पायल क्रिकेट क्लबलाई २६ रनले पराजित गर्दै कमलबजार उपाधि उचाल्न सफल भएको हो ।

अधिकांश कैलाली जिल्लाका क्षेत्रीय स्तरका खेलाडीले भरिएको कमलबजारले पहिले टस जितेर ब्याटिङ गर्दै निर्धारित १२ ओभरमा आठ विकेट गुमाएर ९९ रनको योगफल खडा गरेको थियो । जवाफमा व्याटिङ्ग गर्न मैदानमा उत्रेको पायलले १२ ओभरमा नौ विकेट गुमाएर ७३ रन मात्र बनाउन सक्यो ।

प्रथम हुदै कमलबजारले नगद ५० हजार सहित कप, मेडल, प्रमाणपत्र हात पारेको छ भने दोस्रो भएको पायलले नगद २० हजार सहित कप, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिता अवधिभर उत्कृष्ण प्रदर्शन गरेका विकल्प विष्ट म्यान अफ द सिरिज, उत्कृष्ट ब्याडसम्यान बिकास खत्री, उत्कष्ट विकेट किपर दिनेश साउद र फाईनल खेलको म्यान अफ द म्याच प्रेम थापा घोषित भए । असोज २६ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १० वटा टिमको सभागिता रहेको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved