प्रतिनिधि सभा र प्रदेशको चुनाव आउन झण्डै ३ महिना वाँकी रहेका वेला कैलालीमा टिकटका लागि दौडधुप सुरु

0

सीताराम ओझा, धनगढी २२ धनगढी ।

प्रतिनिधि सभा र प्रदेशको चुनाव आउन झण्डै ३ महिना वाँकी रहेका वेला कैलालीमा विभिन्न पार्टीका नेताहरुको टिकटका लागि दौडधुप सुरु भएको छ । राजनितिक दलहरु अहिले प्रदेश नम्वर २ को चुनावमा व्यस्त भएका वेला नेताहरु आफैले टिकट पाउनका लागि दौडधुप सुरु गरेका हुन । कैलालीका विभिन्न निर्वाचन क्षेत्रहरुमा रहेका राजनितिक दलका नेताहरुले स्थानीयस्तरदेखि काठमाण्डौसम्म धाईरहेका छन । जिल्ला क्षेत्रीय र केन्द्रिय नेताहरुलाई रिझाएर टिकट पाउने दाउपेचमा नेताहरु लागिरहेका हुन । कैलालीमा मंसीर २१ को लागि तोकिएको प्रतिनिधी र प्रदेश सभाको चुनावमा टिकट पाउनका लागि नेताहरुले दौडधुप थालेका छन । पार्टीले आधिकारीक चुनावी रणनिति वनाए पनि उम्मेदवारका आकांक्षीहरु मतदाता र नेताहरुलाई रिझाउन थालेका छन । चुनावी चहलपहल सुरु हुन नसकेको अवस्थामा पनि उम्मेदवारका आकांक्षीहरु आफु अनुकुल अगाडी वढ्नका लागि स्थानीय तहदेखि काठमाण्डौसम्म पुगेर नेताहरुलाई मनाईरहेका छन । उनीहरुले आफुले जित्ने आधार देखाएर नेताहरुलाई फकाएर टिकट ल्याउनका लागि सक्रियता देखाईरहेको नेपाली काग्रेंस कैलालीका सचिव पुर्ण कुँवरले बताउनुभयो । कैलालीमा प्रतिनिधि सभाका लागि ५ र प्रदेश सभाका लागि १० जना गरी १५ जना विजयी हुनेछन । कैलालीमा स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो नेपाली काग्रेंस दोस्रो र माओवादी केन्द्र तेस्रो भएकोमा नेपाल लोत्रतानिक फोरम चौथो भएको थियो । अव हुने प्रतिनिधी र प्रदेश सभामा पनि ठुला पार्टीहरुकै उम्मेदवार जित्ने संकेत देखिएका वेला साना दलहरु मौन वसे पनि ठुला दलका टिकट लिने आकांक्षीहरु उम्मेदवार वन्नका लागि सक्रियताका साथ लागिरहेका माओवादी केन्द्रका धनगढी ईन्चार्ज रमेश धामीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved