This is a test

प्रजातन्त्र दिवस : दीप राखियो प्रज्व्लन गरिएन

0

६८औ प्रजातन्त्र दिवसको अवसरमा मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा राखिएको दीप। उक्त दीप प्रज्जवलन नै नगरी कार्यक्रम समापन गरिएको थियो। तस्बिर: दीपकराज जोशी 

दीपक जोशी, धनगढी फागुन ०७ गते ।

६८ औ राष्ट्रिय प्रजातन्त्र दिवस प्रदेश ७ सरकारले पनि औपचारीक कार्यक्रमको आयोजना गरि मनाएको छ । सोमवार विहान धनगढीको पार्कचौकदेखी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सम्म प्रभातफेरी निकालीएको छ ।

प्रभातफेरीमा प्रदेश ७ का मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख उपसभामुख सहित निजामती कर्मचारीहरु र प्रहरीहरु सहभागी थिए। केहि संख्यामा राजनितिक दलका नेताहरु सहभागी भएपनि सर्वसाधारणहरुको सहभागीता भने शुन्य थियो ।

पार्कचौकदेखी बाजागाजा सहित प्रभातफेरी निकालीएपछि मन्त्री परिषदको कार्यालयमा औपचारीक कार्यक्रम सुरु भएको थियो । तर व्यवस्थापकिय कमजोरीका कारण औपचारीक कार्यक्रममा बिभिन्न त्रुटी देखिएका थिए ।

कार्यक्रम तालिकामा राष्ट्रिय गान राखिएको भएपनि धुन उपलब्ध नहुदा एक पत्रकारको मोवाईलबाट राष्ट्रिय गान बजाईएको थियो । प्रजातन्त्र दिवस समारोहका व्यानर समेत टास नभएको कार्यक्रममा मञ्चमा दीप राखिएपनि कार्यक्रमको अन्त्यसम्म त्यसलाई प्रज्वलन गरिएन ।

उद्घोषकले दीप प्रव्जलन नै नगरी कार्यक्रमको समापनका लागि मुख्यमन्त्रीलाई आग्रह गरेपछि मञ्चमा बसेका अतिथिहरुले एकअर्कालाई हेरेर मुखामुख गरेका थिए । समारोहमा बिभिन्न राजनितिक दलका नेताहरु सहभागी भएपनि उनिहरुलाई आसन ग्रहण नगराउदा केहि नेताहरु कार्यक्रम नसक्कीदै निस्कीएका थिए ।

प्रजातन्त्र दिवस समारोहमा बोल्दै मुख्यमन्त्री त्रिलोचन भट्टले बिगतमा स्थानिय सरकार नहुदा जनताले प्रजातन्त्रको अनुभुती गर्न नपाएको बताउदै अब प्रदेश सरकारले सबै जनतामा प्रजातन्त्रको अनुभुती गराउने गरी काम गर्ने बताए । प्रदेश ७ का सभामुख अर्जुन बहादुर थापाले हिजोका उपलब्धी रक्षा गर्दै आर्थिक उन्नतीको पथमा हिड्न सके प्रजातन्त्र बलियो हुने बताए ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved