This is a test

पुर्व राजासंग कुनै तिक्तता छैन : कमल थापा

0

दीपक जोशी, धनगढी ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुर्व राजा ज्ञानेन्द्र साहसंग आफ्नो कुनै तिक्तता नरहेको बताएका छन्।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाको लज्जास्पद पराजयपछि पुर्वराजा ज्ञानेन्द्रसंग थापाको दुरी बढेको कुराले चर्चा पाईरहेका बेला थापाले कुनै तिक्तता नरहेको दावी गरेका हुन्।

सोमवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘निर्वाचनपछिको परिणामका बारेमा पुर्वराजासंग छलफल भएको कुरा सत्य हो तर पार्टी पराजयको कुरामा कुनै मनमुटाव अथवा दुरी बढेको छैन।’

उनले पुर्वराजा ज्ञानेन्द्रसंग हिजो आज र भोली आफ्नो र पार्टीको सम्बन्धमा कुनै फरक नआउने बताए।

‘हामीले अहिले पनि राजसंस्था सहितको लोकतन्त्र भनेका छौ, भोलीका दिनमा पनि यहि एजेन्डा जारी रहन्छ, हामी राजसंस्थालाई परिस्कृत रुपमा पुर्नस्थापन गर्ने अभियानमा रहीरहनेछौ।’ थापाले भने।

त्यो भए राजसंस्था व्युताउन तपाईको पार्टीले के गर्छ? पत्रकारको प्रश्नमा थापाले भने ‘हामी अहिले जनताका माझ राजसंस्थाको आवश्यकता छ की छैन भन्ने प्रश्नको जवाफ मागीरहेका छौ, बुहसंख्यक जनता राजसंस्थाको पक्षमा रहेको पाईएको पनि छ भोलीका दिनमा आवश्यकता अनुसार कुन अभियान चलाउने भन्ने निर्णय पार्टीले लिन्छ, आवश्यकता भए सडक आन्दोलन पनि गर्न सकिन्छ।’

थापाले बर्तमान सरकारको आयु अब केहि दिन मात्रै भएको बताए। उनले अब आउने सरकारले अहिलेको सरकारले गरेका निर्णयहरु खारेज गरे आफ्नो पार्टीको कुनै आपत्ती नरहने बताए।

‘बर्तमान सरकारले आवश्यक र उचित ठानेका निर्णय ग¥यो, आउने सरकारले अनुचित ठानेर खारेज गर्न पनि सक्छ त्यसमा कुनै आपत्तीको बिषय रहदैन।’ उनले भने।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved