This is a test

पुर्व प्रहरी र नागरीकसंग समन्वय गर्न नसक्दा अपराध नियन्त्रणमा नेपाल प्रहरीलाई चुनौती

0

नवराज पनेरु, धनगढी २८ असोज ।

नेपाल प्रहरीले प्रहरी ऐन बनेको ६२ औँ बर्ष पुरा गरेको अवसरमा प्रहरी दिवस मनाईरहँदा समाजमा अपराध नियन्त्रण भने चुनौतीको विषय बन्दै गएको छ । अनुभवले खारीएका पुर्व प्रहरी कर्मचारी र नागरीकसंग समन्वय गर्न नसक्दा अपराध नियन्त्रणमा नेपाल प्रहरीलाई चुनौती थपीदै गएको हो । हुन त मुस्कानसहितको प्रहरी सेवा, प्रहरी मेरो साथी, टोलटोलमा प्रहरी जस्ता कार्यक्रम मार्फत प्रहरीले नागरिकमैत्री प्रहरी आचरण प्रस्तुत गर्ने प्रयास गरेको छ ।

समाजको एउटा अभिन्न अगंका रूपमा रहने भएकाले प्रहरी समाजसँगै समयसापेक्ष परिवर्तन पनि भइरहेको हुन्छ । तरपनि प्रहरी र नागरीक विचको सम्वन्ध सुमधुर हुन नसक्दा अपराध नियन्त्रणमा चुनौती बढिरहेको नागरीक समाज कैलालीका अध्यक्ष खड्कराज जोशीले बताउनुभयो । प्रहरी कर्मचारीले पेन्सन प्राप्त गर्ने समयावधि पुग्नासाथ घर जाने प्रवृत्ति बढिरहेको छ ।

त्यस्ता अनुभवी कर्मचारीलाई सेवा अवधि पूरा नहुन्जेल संगठनमा टिकाइराख्ने नीति अहिले सम्म पनि सरकारले बनाउन सकेको छैन् । त्यसैमा पुर्व प्रहरीलाई वर्तमान प्रहरीले अपराध नियन्त्रणमा सहभागीता गराउन सकेको छैन् । वर्तमान प्रहरी कर्मचारीबाटै गोप्यता भंग हुने घटनाले पुर्व प्रहरीले समाजमै बसीरहेका बेला पनि अपराध नियन्त्रणका गतिवीधी प्रहरी समक्ष पुगाउने आँट समेत गर्न नसकेको अमर प्रहरी तथा असक्त परिवार संघका केन्द्रिय सदस्य राम वहादुर डगौराले बताउनुभयो ।

प्रहरी ऐन, २०१२ ले प्रहरीलाई अपराध रोक्ने र पत्ता लगाउने तथा समाजमा शान्ति, सुव्यवस्था कायम राख्ने सुयोग्य साधनका रूपमा परिभाषित गरेको छ । अधिकांश सहरमा प्रहरीले घटनाको जानकारी पाएको बढीमा दश मिनेटभित्र सम्बन्धित घटनास्थलमा पुग्ने नीति संवेदनशीलता साथ लागू पनि गरीएको छ ।

साधन स्रोतले भ्याएसम्म गाडी नपुग्ने ठाउँमा छिटो पुग्नका लागि मोटरसाइकल तथा साइकलको प्रयोग पनि बढाइएको छ । नेपाल प्रहरीले अपराध अनुसन्धान विधिमा समेत क्रमिक रूपमा सुधार ल्याउन सके समाजमा अमनचयनको बातावरण श्रृजना भईरहने कैलालीका प्रमुख जिल्ला अधिकारी गोवीन्द रिजालले बताउनुभयो ।

हुन त बयानमा आधारित अनुसन्धान प्रणालीलाई नेपाल प्रहरीले प्रमाणमुखी अनुसन्धान मार्फत प्रतिस्थापन गर्दै लगिरहेको छ । यद्यपी ६२ औँ प्रहरी दिवस मनाईरहँदा मंसिरका लागी तोकीएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिएको भन्दै शान्ति सुरक्षालाई कार्ययोजनाका साथ बलियो बनाउदै लैजाने जिम्मेवारी प्रहरी समक्ष आएको छ ।

नागरिकलाई निश्चिन्तता पूर्वक मताधिकार प्रयोग गर्नसक्ने वातावरण बनाउनु नै अहिलेको प्रमुख प्राथमीकता रहेको कैलाली प्रहरीले पनि बताएको छ । त्यस बाहेक जनताको ज्युधनको सुरक्षाका लागी नागरीक, पुर्व प्रहरी कर्मचारीसंग समन्वय गर्दै अगाडी बढ्ने कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक जनकराज पाण्डेयले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved