This is a test

पुर्वराजा ज्ञानेन्द्रद्वारा धनगढीको शिबपुरी धाममा पुजाअर्चना

0

दिपक जोशी, धनगढी पुस १९ गते ।

पुर्व राजा ज्ञानेन्द्र शाहले धनगढीको उत्तरबेहडी स्थित शिवपुरी धाममा रहेको १०८ फिट अग्लो उत्तररामेश्वरम ज्योर्तिलिंगको दर्शन गर्दै त्यहाँ रहेको शिव मन्दिरमा पुजाआजा गर्नुभएको छ  । बिहिवार नेपालगञ्जबाट मोटर चढेर आउनुभएका पुर्व राजा ज्ञानेन्द्रले करिव ४५ मिनेट शिवपुरी धाममा पुजाआजा गर्नुभएको हो । पुजा सकेर पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै पर्व राजा ज्ञानेन्द्रले शिवपुरी धाममा बनेका धार्मिक संरचनाको प्रंशसा गर्नुभएको छ ।

उहाँले आफुलाई शिवपुरीको दर्शनका लागि आमन्त्रण गरिएकोमा व्यवस्थापकहरुलाई धन्वयाद समेत दिनुभयो । मुलुकको समसामयिक बिषयमा पत्रकारहरुले सोधेको प्रश्नमा भने उहाँले कुनै टिप्पणी गर्नचाहनुभएन । पुर्व राजालाई धनगढीमा उहाँका समर्थकहरुले भव्य स्वागत गरेका छन । ठुलो संख्यामा उपस्थीत भएका राजावादीहरुले राजसंस्थाका पक्षमा नारावाजी गर्दै पुर्वराजाको जयजयकार गरेका थिए । बिहिवार बिहान साढे १२ बजे पुर्वराजा ज्ञानेन्द्र साह धनगढी पुग्दा समर्थकहरुले उहाँ र राजसंस्थाका पक्षमा जयजयकार गर्दै नारा घन्काएका थिए ।

पुर्वराजाले सडकमा लामबद्ध भएका समर्थकहरुबाट पुष्पगुच्छा ग्रहण गर्दै पैदल हिडेपछि भिड नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे परेको थियो  । झण्डै आधा घण्टा पैदल हिडेर समर्थकहरुलाई भेटेपछि पुर्वराजाले १०८ फिट अग्लो उत्तररामेश्वरम ज्योर्तिलिंगको दर्शन गर्नुभयो । उहाँलाई शिवपुरी धामका अध्यक्ष श्याम सुन्दर तायलले मन्दिरमा निमार्ण भएका संचरनाहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

१०८ फिट अग्लो उत्तररामेश्वरम ज्योर्तिलिंगको दर्शन गरिसकेपछि पुर्वराजाले शिवपुरी धामको मुलमन्दिरमा पौने घण्टा जती पुजा गर्नुभयो । उहाँलाई मन्दिरका पुजारी ईश्वरी मिश्रले पुजा गराउनुभएको थियो । पुर्वराजा रानी कोमल बुहारी हिमानी र नातिनीहरु सहित आउने बताईएपनि राजपरिवारका अन्य सदस्यहरु आउनुभएको थिएन । उत्तरबेहडीको शिवपुरी धाममा पुजा सकेर पुर्वराजाले धनगढीको जलशा होटलमा दिवा खाना खानुभएको छ । उहाँको खाना तयार पार्न ३ जना निजि कुक धनगढी आएका थिए ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved