This is a test

पुर्नवासमा तेस्रो एसपिए लालझाडी कप क्रिकेट प्रतियोगिता हुने

0

सीताराम ओझा, धनगढी माघ ०५ गते ।

शहीद दिवसको अवसरमा कञ्चनपुरको पुनर्वास नगरपालिकामा तेस्रो एसपिए लालझाडी कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पुनर्वास नगरपालिका ११ स्थित राष्ट्रिय माविको मैदानमा माघ १० गते सुरु हुने प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।

एक लाख १० हजार नगद पुरस्कार रहेको प्रतियोगीतामा नेपाल भारतका गरी १६ टिमको सहभागिता रहने आयोजक लालझाडी– ११ स्पोर्टस क्लवका अध्यक्ष कासीराम वोहोरोले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार पाउनेछन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार हात पार्दा विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीलाई जनही ३ हजारका दरले नगद पुरस्कार दिईने छ ।

नकआउटका आधारमा हुने १५ खेलका म्यान अफ द म्याचलाई एक हजार नगद पुरस्कार प्रदान गरिने क्लवका महासचिव हर्क दानपालीले वताउनुभयो । लालझाडी कपको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्च्ल एकेडेमी र सह प्रायोजक भुमि ईटा उद्योग र वावु अटोसेल्स अत्तरीया रहेका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved