This is a test

पिछपिएको क्षेत्रमा प्रदेश नम्वर ७ का १७ वटा स्थानीय तह

0

धनगढी, २६ असोज ।

सरकारले हालै मात्र प्रदेशगत रुपमा तोकेको पिछडिएको क्षेत्रमध्ये प्रदेश नम्वर ७ मा १७ वटा स्थानीय तह परेका छन । सरकारले तोकेका ५७ वटा पिछडिएको क्षेत्रमध्ये प्रदेश नम्वर ७ मा दोस्रो वढी स्थानीय तहहरु परेका छन । प्रदेश नम्वर ७ मा डडेल्धुरा र कञ्चनपुर बाहेक अन्य ७ जिल्लाका स्थानीय तह पिछडीएको क्षेत्रको सुचिमा परेका छन् । अछामको कमलबजार नगरपालीका, ढकारी गाउँपालीका, तुर्माखाद गाउँपालीका, चौरपाटी गाउँपालीका, पञ्चदेवल विनायक नगरपालीका, डोटीको पुर्वीचौकी र आदर्श गाउँपालीका, बाजुराको स्वामीकार्ती र हिमाली गाउँपालीका, बैतडीको शिवनाथ गाउँपालीका, बझाङको दुर्गाथली, केदारस्यु र सुर्मा गाँउपालीका तथा बुंगल नगरपाली र कैलालीको मोहोन्याल गाँउपालीका पिछडिएको क्षेत्रको सुचीमा परेका हुन् । प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ अनुसार हरेक प्रदेशको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा पिछडिएको क्षेत्रलाई जनसंख्याका आधारमा समेट्नुपर्छ । साथै दलहरुले पाएको सिटमा महिला, समावेशी समूहसँगै अल्पसंख्यक तथा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराउनुपर्छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved