This is a test

पार्टी एकता र सरकार संगसंगै : प्रचण्ड

0

दीपक जोशी, धनगढी माघ १५ गते ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाम गठबन्धनको सरकार बनेपछि मुलुक विकासको पथमा लम्कने बताउनुभएको छ । कैलालीको पुरानो सदरमुकाम भजनीमा सोमवार भजनी महोत्सवको उद्घाटन गर्दै दाहालले विकासकै लागि नेपालमा बाम एकता हुन लागेको बताउनुभयो ।

जनताले विकास चाहेका र आफुहरुले विकास गर्छाै भनेर नै चुनावमा भोट मागेका बताउदै उहाले अब बाम गठबन्धनको सरकारले जनताको चाहना पुरा गर्ने बताउनुभयो । उहाले सरकार निमार्ण र पार्टी एकिकरणको काम संगसंगै अगाडी बढीरहेको बताउनुभयो । उहाले एमाले र माओवादीको एकिकरण छिट्टै हुने र त्यसका लागि आवश्यक तयारीहरु भईरहेको बताउनुभयो ।

आयोजक भजनी उद्योग बाणीज्य संघले प्रचण्डलाई मोहना नदिको गुलरियाघाटमा पुल निमार्ण हुनुपर्ने, बाढी पीडितका समस्या समाधान हुनुपर्ने लगायतका १५ बुदे मागपत्र पेश गरेका छन् । मागपत्र बुझ्दै प्रचण्डले उक्त मागहरु पुरा गराउन आफुले पहल सुरु गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved