This is a test

पार्किङ हटाएपनि धनगढी बसपार्क निर्माणले तिब्रता पाएन

0

सीताराम ओझा, धनगढी पुस १७ गते ।

समितिहरुले बसहरु नहटाए पछि धनगढी बसपार्क मर्मत र स्तरोन्नतीको काममा वाधा आएको वताएका निर्माण ब्यवसायीले धनगढी वसपार्क निर्माणमा सुस्तता देखाएको नगरबासीले गुनासो गरेका छन । बसपार्क मर्मतको ठेक्का लिनुभएका निर्माण व्यवसायी किशोर ठकुराठीले जथाभावी पार्किङ नरोकिएपछि मर्मतको काममा निकै बाधा र ढिलाई भईरहेको बताउदै आएका थिए । तर अहिले आएर निर्माणको काममा सुसस्ता आएको नगरवासीले गुनासो गरेका हुन ।

वसहरु पार्किङ गर्न छोडिएपछि खन्ने काम बाहेकको काम भएको छैन । तर निर्माण व्यवसायी किशोर ठकुराठीले भने वसपार्कको संयुक्त सर्वेको काम भईरहेकाले केही दिन काम रोकिएको र सर्वेको काम सम्पन्न भएपछि निर्माणले तिब्रता पाउने बताउनुभयो । सघन शहरी विकास कार्यक्रम अन्तर्गत, ठकुराठीले धनगढी बसपार्कको एक करोड ३५ लाखमा मर्मतको ठेक्का पाउनुभएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved