This is a test

पाँचौ लालझाडी कप फुटवल प्रतियोगिता : भानु युवा क्लव

0

सीताराम ओझा, धनगढी २६ असोज ।

कञ्चनपुरको लालझाडीमा सर्वोत्तम पेन्टस् पाँचौ लालझाडी कप फुटवल प्रतियोगिता सुरु भएको छ । लालझाडी युवा क्लव ११ को आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा भानु युवा क्लव विजयी भएको छ । भानु युवा क्लवले आयोजक लालझाडी युवा क्लव पहेलोलाई ३–० ले हराएको हो । खेलको म्यान अफ द म्याच हुँदै भानु युवा क्लवका देवेन्द्र थापाले नगद एक हजार हात पारे । कार्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ टीमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ सहित ट्रफी पाउने आयोजकले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved