This is a test

पहुचवालाको घर जोगाउन नागबेली झै घुमाईदै चक्रपथ ( भिडीयो सहित )

0

दीपक जोशी, धनगढी फागुन ०८
सघन शहरी विकास कार्यक्रम अन्तगर्त धनगढीको वडा नम्बर १ शान्तिनगरमा निमार्ण भईरहेको चक्रपथमा सडकको नक्सा नै परिवर्तन गरेको पाईएको छ । पहुचवालाका घर जोगाउन सडकको नक्सा नै फेरेर नाली निमार्ण भईरहेको भन्दै स्थानियले बिरोध गरेका छन । हुनेखाने पहुचवालाका घर जोगाउन नक्सा परिवर्तन गरेको तर आफुहरुका कच्चीघरहरु भत्काउन पठाएर नाली समेत नबनाएको भन्दै स्थानिय  बिरोधमा छन ।

शान्तिनगरमा चक्रपथ निमार्णको ठेक्का पाएको लुम्बीनी राजेन्द्र जेभीले पनि सडकको नक्सा भन्दा पनि स्थानिय टोल विकास समितिका केहि पदाधिकारीले भने बमोजिम सडक निमार्ण गरिरहेको स्वीकार गरेको छ । राजनितिक आवरणमा पहुँचवालाहरुको घर र पर्खाल जोगाउन कतै सडकको चौडाई खुम्चाएको छ भने कतै कसैको घर जोगाउन अर्काेतिर सडक मोडेर सिधा सडकलाई पनि नागबेली झै घुमाएको भन्दै स्थानियले बिरोध गरेका हुन ।
शान्तिनगर कब्रस्थान हुदै पशुपती टोल भएर जिल्ला प्रशासन कार्यालय नजिक मुख्य सडकमा जोडिने चक्रपथ निमार्णमा चरम लापवार्ही भएको गुनासो आएपछि दिनेश एफएमको टोली शुक्रवार दिउसो त्यहाँ पुगेको थियो । सडक संरचना निमार्ण भईरहेको ठाउ नियाल्दा, सिधा रहेको सडकमा पनि कसैको जग्गा जोगाउनका लागि मात्रै घुमाउरो पारिएको प्रष्ट देख्न सकिन्छ । सडकको साविकको चौडाई समेत घटाएको र केहि व्यक्तीका घर जोगाउन नक्सा समेत फेरीएको स्थानिय मेघराज बडुले बताउनुभयो ।
यस्तै सघन शहरी विकास अन्तगर्त निमार्ण भईरहेको चक्रपथसंग जोडिएको जमिनमा नाली बनाउने भन्दै केहि व्यक्तीका कच्ची घर भत्काउन लगाएपनि अहिले नाली निमार्ण गर्न नसक्ने बताएको भन्दै स्थानिय झनै रुष्ट भएका छन ।
यता चक्रपथ निमार्ण गरिरहेको लुम्बीनी राजेन्द्र जेभी निमार्ण कम्पनीले भने स्थानिय व्यक्तीकै सल्लाह अनुसार निमार्णको काम अगाडी बढाएको जनाएको छ । सडक निमार्णका क्रममा सिमाना छुटयाउन स्थानिय व्यक्तीलाई नै किला ठोक्न लगाएको निमार्ण कम्पनीका प्रतिनिधि आशबहादुर गुरुङले बताउनुभयो ।
तर अधिकांस स्थानिय घरधनी तथा जग्गा धनीहरुले सिमाना छुट्याउदा आफुहरुलाई खबर नै नगरेको आरोप लगाएका छन ।

भिडीयो :

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved