This is a test

पहिलो चलचित्र बाटै हिट नव नायिका दीपिका प्रसाई

0

नवराज पनेरु, धनगढी १२ कात्तिक ।


कैलाली जिल्ला नेपाली चलचित्रका कलाकारहरुको थलो भन्दा पनि फरक नपर्ने दिन आएको छ । महिनै पिच्छे सम्भावना वोकेका कलाकारहरु यही जिल्लाबाट नेपाली चलचित्र नगरीमा आईरहेका छन । पछिल्लो समयमा नेपाली चलचित्र ऐश्वर्यवाट अभिनय सुरु गरेकी कैलालीको अत्तरीयाकी दिपिका प्रसाई पनि राम्रो सम्भावना बोकेकी नायिकाको रुपमा चिनीन थालेकी छन् । प्रतिक्षीत चलचित्रको रुपमा रहेको चलचित्र ऐश्वर्यवाट उदाईएकी नव नायिका प्रसाईलाई पनि चलचित्र क्षेत्रमा स्थापित हुन सक्ने कलाकारको रुपमा हेरिएको छ ।
विहीवारदेखी प्रदर्शनमा आएको चलचित्र ऐश्वर्यमा नायीका प्रसाईको अभिनय र सुन्दरताको निकै चर्चा हुन थालेको छ । पहिलो चलचित्रमा स्थापित कलाकारहरु नायक रमेश उप्रेती, नायीका केकी अधिकारी लगायतका अन्य कलाकारहरु हुँदा हुँदैपनि दर्शकको आँखामा भने नायीका दिपिका प्रसाई परेकी छन् । चलचित्रको प्रदर्शनपछि कैलालीको अत्तरीयाकी प्रसाईलाई धेरै अफरहरु आउन थालेका छन् ।


चलचित्रको टेलर रिलिज भएसँगै चर्चामा चुलिएकी उनको चर्चा चलचित्र प्रदर्शनपछि थप उचाईमा पुगेको छ । अत्तरीया उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाईकी छोरी दिपिका पढाईका लागि काठमाण्डौ गएपछि १२ कक्षासम्मको पढाई गर्दा गर्दै फेशवुकमा मोडलिङ गरेका फोटोहरु हालेपछि उनलाई चलचित्रको अफर आउन थालेको हो ।


तर घर परिवार र स्वयम आफुले पनि स्नातक सकेपछि मात्रै चलचित्रमा अभिनय गर्ने सोचलाई उनले अहिले आएर सार्थकतामा वदलेकी हुन । स्नातकोत्तरमा सामाजिक कार्य विषय पढिरहेपनि मोडलिङ र अभिनय रुचाउने दिपिकाले अव दुवै क्षेत्रलाई सँगसँगै अघि वढाउने लक्ष्य लिएकी छिन् । उनलाई घर परिवारवाट पनि राम्रो सहयोग भएका कारण ग्ल्यामरको क्षेत्रमा लाग्न प्रेरित गरेको हो ।

फोटो : दीपिका प्रसाईको फेस बुक बाट

पहिलो चलचित्रको प्रदर्शनको केहि दिनमै दिपिकाको अभिनयको निकै चर्चा हुन थालेपछि आफुहरु पनि हौसीएको नायीका दिपीकाका बुवा अत्तरीया उद्योग वाणीज्य संघका वरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाईले बताउनुभयो । चलचित्र ऐश्वर्यमा अभिनय गर्नुभन्दा पहिले दीपिकाले केही स्थापित व्रान्डका लागि मोडलिङ गरिसकेकी थिईन । पछिल्लो समय पढेका, क्षमतावान् एवं नयाँ सम्भावना लिएर आएका प्रभावशाली अभिनेत्रीहरू माझ आफूलाई उभ्याउन सक्ने गरी दिपीकाको पहिलो चलचित्रमा अभिनय भएपछि सवैलाई चकित पारेको छ ।

यो साता को श्रष्टा र सृजना सुन्न यसमा क्लिक गर्नुहोस 

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved