नवराज पनेरु, धनगढी माघ २६ गते ।
परीमल स्नेही राष्ट्रीय देउडा राष्ट्रीय पुरुष्कार गायक यज्ञराज उपाध्यायलाई प्रदान गरीने भएको छ । सुदुरपश्चिमाञ्चल वहुउद्येश्यीय मञ्च धनगढीले प्रदान गर्दै आएको उक्त पुरुष्कार यस बर्ष गायक उपाध्यायलाई प्रदान गरीने भएको हो । रेडियो नेपालमा प्रथम पटक २०१६ सालमा देउडा गित गाउनु भएका परीमल स्नेहीको सम्झनामा मञ्चले विगत ५ बर्षदेखी ११ हजार १ सय ११ नगद राषीको पुरुष्कार वितरण गर्दै आएको छ ।
यस्तै मञ्चले नै प्रदान गर्ने ११ हजार १ सय ११ राषीकै हेम मल्ल स्मृती आम सञ्चार पुरुष्कार रेडियो नेपालमा विगत १७ बर्षदेखी हजारीमाला कार्यक्रम सञ्चालन गर्दै आउनुभएका मुकुन्द राज भण्डारी र धिरेन्द्र चटौतलाई प्रदान गर्ने निर्णय पनि गरीएको छ ।
दुवै जनाले रेडियो नेपाल क्षेत्रीय प्रशारण सुर्खेत हुदै दिपायलबाट अहिले सम्म हजारी माला कार्यक्रम सञ्चालन गरीरहनुभएको छ । मल्लले दिनेश एफएममा झण्डै ६ बर्ष सम्म डोटेली भाषामा चौपातो र पोटेली कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने डोटेली भाषाकै द्धमाषीक पत्रिका सुदुर चिनारीमा पनि स्थापनादेखी नै काम गर्नुभएको थियो ।
उहाँको २ बर्ष अगाडी सडक दुर्घटनामा पनि २८ बर्षकै उमेरमा निधन भएको थियो । दुवै पुरुष्कार होलीको अवसरमा फागुन १७ गते गरीने कार्यक्रममा वितरण गरीने सुदुरपश्चिमाञ्चल वहुउद्येश्यीय मञ्च्का सह सचिव तिर्थराज भट्टले बताउनुभयो ।