This is a test

परिमल स्नेही राष्ट्रिय डेउडा प्रतिभा पुरस्कार गाइनेलाई

0

धनगढी, ०१ चैत्र ।
सुदूर पश्चिमाञ्चल बहुउद्देश्यीय मञ्च अत्तरिया कैलालीबाट प्रत्येक बर्ष वितरण गरिदै आएको परिमल स्नेही राष्ट्रिय प्रतिभा पुरस्कार यस बर्ष बरिष्ट डेउडा गायिका डिक्रादेवी गाइनेलाई प्रदान गरिएको छ । सोमबार आयोजित होली विशेष सांस्कृतिक कार्यक्रमका बीच गाइनेलाई ५ हजार नगद राषीको उक्त पुरस्कार प्रदान गरिएको हो ।

नेपालका पहिलो डेउडा गायक समेत रहेका स्वर्गिय परिमल स्नेहीको योगदानको कदर गर्दै मञ्चले प्रत्यक बर्ष यो पुरस्कार एक जना देउडा कलाकारलाई प्रदान गर्दै आएको मञ्चका पूर्व अध्यक्ष एन्के जोशीले बताउनुभयो ।

बहुद्देश्ययीय मञ्चका अध्यक्ष चेतराज भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी वरिष्ट डेउडा गायक, संगित तथा नाट्य प्रतिष्ठानका प्राज्ञ सभा सदस्य नरेन्द्रराज रेग्मी रहनुभएको थियो भने विशिष्ट अतिथि नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीका अध्यक्ष पद्मराज जोशी ‘प्रभात’ रहनुभएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved