This is a test

पराजित कांग्रेस नेतृ आरजु मतदातालाई धन्यवाद दिन गाँउ गाँउमा

0

दीपक जोशी, धनगढी पुष ०५ गते ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा पराजित प्रधानमन्त्री पत्नी डा.आरजु राणा देउवा मतदातालाई धन्यवाद दिन गाँउ गाँउ जानुभएको छ । टोल टोलमा सभाको आयोजना गर्दै आरजुले मतदातालाई धन्यवाद दिईरहनु भएको छ । आरजुले मंगलवार धनगढी उपमहानगरपालिकाको फुलवारी क्षेत्रमा ३ ओटा धन्यवाद सभाको आयोजना गर्नुभयो । वडा नम्बर १४, १८ र १९ मा आयोजित धन्यवाद सभामा बोल्दै आरजुले अब यसै क्षेत्रबाट राजनिति गर्ने र जनताले आफुलाई दिएको मतको कदर गर्ने बताउनुभयो ।

चुनावमा आफु पराजित भएपनि यस क्षेत्रको विकासका लागि कटिबद्ध भएर लाग्ने उहाँले बताउनुभयो । ५ बर्ष पछि हुने निर्वाचनमा आफु फेरी यहि क्षेत्रबाट चुनाव लड्ने पनि उहाँले बताउनुभयो । स्थानिय तहको निर्वाचनमा कांग्रेसबाट बिजयी मेयर नृप ओड र उपमेयर शुसिला मिश्र भट्टलाई साथमा लिएर आरजुले धन्यवाद सभाको आयोजना गर्नुभएको हो । उहाँले धनगढी उपमहानगरपालिकाका सबै वडा सहित क्षेत्र नम्बर ५ भरीका गाउमा धन्यवाद सभाको आयोजना गर्ने कार्यक्रम रहेको जनाईएको छ । मंसिर २१ गते भएको निर्वाचनमा आरजु एमालेका नारदमुनी रानासंग ४ हजार ८ सय ४८ मतले पराजित हुनुभएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved