‘पद्यश्री पुरस्कार’ का लागि राज सरगमको छाउघर उपन्यास उत्कृष्ट पाँचमा

0

नवराज पनेरु, धनगढी ७ साउन ।

मदन पुरुष्कारको श्रेष्ठ सुचिमा परेको कञ्चनपुरका युवा लेखक राज सरगमको ‘छाँउघर’ उपन्यास पद्यश्री पुरस्कारका लागि पनि उत्कृष्ट पाँच पुस्तकको सूचीमा परेको छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिँदै आएको ‘पद्यश्री पुरस्कार’को उत्कृष्ट सूचीमा सरगमको ‘छाउघर’ पनि परेको हो ।

उहाँसंगै जनकराज सापकोटाको ‘कहर’, कुमार नगरकोटीको ‘घाटमान्डुु, नवराज पराजुलीको ‘सगरमाथाको गहिराई’ र नवीन विभासको ‘रोल्पा सुइना’ उत्कृष्ट सुचीमा परेका छन् । प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा २०७३ सालमा प्रकाशित भइ प्रतिष्ठानले प्राप्त गरेका पुस्तकहरु मध्येबाट विभिन्न व्यक्तिहरुको सल्लाहमा उत्कृष्ट पाँच पुस्तक छानिएको उल्लेख छ ।

छनोटमा परेका पुस्तक मध्येबाट एक पुस्तकले २ लाख राशीको पद्मश्री साहित्य पुरस्कार पाउनेछ । कञ्चनपुरका युवा लेखक राज सरगमले लेखेको छाउघर उपन्यासमा एउटी किशोरी २२ दिनसम्म छाउघरमा बस्दाको मनोदशा चित्रण गरिएको छ भने सुदूरपश्चिममा बर्षाैदेखी जरा गाडेर बसेको मानवीय सभ्यताको कलंकका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि थालिएको अभियानलाई गतिलो मलजल गरीएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved