This is a test

नोटिफिकेसन रोक्नका लागि फेसबुको Snoozeफिचर

0

फेसबुकले एक नयाँ फिचरको परीक्षण गरिरहेको कुरा गत सेप्टेम्बरमा खुलासा भएको थियो । यस फिचरको मद्धतले प्रयोगकर्ताले आफ्नो कुनैपनि साथीबाट आउने नोटिफिकेसनलाई रोक्न सकिन्छ । यस फिचरलाई Snooze नाम दिइएको छ । यसले नोटिफिकेसन्स तथा न्यूजफिडलाई अझै उत्कृष्ट तरिकाले कन्ट्रोल गर्न सकिन्छ । फेसबुककी प्रडक्ट म्यानेजर श्रुती मुरलीधरनका अनुसार क्लययशभ फिचर एक हप्ताभित्रै आउनेछ । यस फिचरको मद्धतले प्रयोगकर्ताले कुनै फ्रेण्ड, ग्रुप वा पेजलाई अस्थायी रुपमा अनफलो गर्न सक्नेछ । यद्यपि अहिले यसको सहायताले केवल ३० दिनका लागि मात्र म्यूट गर्न सकिनेछ । यसका लागि कुनैपनि पोष्टलाई म्यूट गर्नका लागि त्यसको दाहिनेतर्फ माथिपट्टि रहेको ड्रपडाउन मेन्यू खोल्ने । उक्त मेन्यूबाट Snooze अप्सन छनोट गर्ने । यो प्रक्रिया पेज, ग्रुप तथा फ्रेण्डसका लागि पनि अपनाउन सकिन्छ । यसपछि तपाइँले ३० दिनसम्म त्यससँग सम्बन्धित नोटिफिकेसन प्राप्त गर्नुहुने छैन ।

एजेन्सी/अनलाईनखबर

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved