This is a test

नेपाल सेमफिाईनल बाटै बाहिरियो

0

धनगढी, ०१ मसिंर ।

नेपाल एसीसी यू १९ एसिया कप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ । आज भएको दोस्रो सेमीफाईनलमा अफगानिस्तानसँग ७ विकेटको हार व्यहार्दै नेपाल एसीसी यू १९ एसिया कप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको हो । अफगानसँगको खेलमा नेपालको ब्यटिङ चलेन भने बलिङ पनि औसत मात्र रहृयो । २०११ मा आायरल्याण्डमा भएको यू १९ को ग्लोबल छनोट यता नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २८ ओभरमा १०३ रन जाड्दा अलआउट भयो ।

जुन लक्ष्य अफगानले ३ विकेट गुमाएर २०.३ ओभरमा भेट्टायो । उसलाई जितका लागि मात्र १० रन चाहिएको बेला वर्षाले खेल झण्डै दुई घन्टा रोकियो । वर्षा रोकिएपछि सुरु भएको खेल सुरु भएको केहीबेरमा नै अफगानले जित निकाल्यो । तर उसले त्यसका लागि २ विकेट गुमायो । ओपनर रमानुल्लाह गुर्वाज ७१ रन बनाएर सन्दिप लामिछानेको बलमा आउट भए । पवन सर्राफले इक्रम अलीलाई १८ रनको स्कोरमा आउट गरे ।

यसअघि टस हारेपछि नेपालको ब्याटिङ रहृयो । २ रन जोड्दा पहिलो विकेटका रुपमा आसिफ शेखलाई गुमाएको नेपालले थप ७ रन जोड्दा अर्का ओपनर जितेन्द्र सिंहलाई गुमायो । तेस्रो नम्बरमा आएका अनिलकुमार साहले क्रिजमा टिके पनि उनलाई साथ दिन कोही भएनन् । अनिलले कप्तान दिपेन्द्र सिंह ऐरीसँग तेस्रो विकेटका लागि २३ रनको साझेदारी गरे । तर, दिपेन्द्र व्यक्तिगत ६ रनमा आउट भए । रोहितकुमार पौडेल ४ रनमै आउट भए ।

पाचौं विकेटका लागि भीम सार्कीसँगै ३० रनको साझेदारी गरे । भीम पनि ६ रनमै आउट भए । अनिलसँग १४ रनको साझेदारी गरेका पवन शरार्फ ८ रनमा आउट भए । अनिल सातौं विकेटका रुपमा व्यक्तिगत ५० रन बनाएर आएट भए । नेपालका अनिल बाहके अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा मुजीब उर रहमान एक्लैले ६ विकेट लिए ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved