This is a test

नेपाल र केन्याबीचको अभ्यास खेल आज

0

मंसिर १७ गते ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलको तयारीका लागि नेपालले आज केन्यासँग अभ्यास खेल खेल्दैछ । प्रतियोगिताका लागि युएइमा रहेको नेपालले आज केन्यासँग खेल्न लागेको हो । पहिलो अभ्यास खेलमा केही नयाँ खेलाडीलाई मौका दिँदै ब्याटिङ अर्डर पनि परिवर्तन गरेको नेपालले आज पनि त्यसैलाई निरन्तरता दिने सम्भावना छ । आजको खेलमा पनि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने सम्भावना रहेकाले नेपाली टीमको कप्तानी शरद भेषावकरले गर्नेछन् । प्रतियोगिता अन्तर्गत गएको चैतमा कीर्तिपुरमा केन्यासँग भएका दुईमध्ये नेपाल एक खेलमा विजयी भएको थियो । नेपाललले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएइसँग आउँदो बुधबार र शुक्रबार खेल्दैछ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved