This is a test

नेपाल भारत सीमावर्ती क्षेत्रको दुधुवा नेशनल पार्कमा सडक फराकिलो वनाउनुपर्नेमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगीको जोड

0

सीताराम ओझा, धनगढी माघ २६ गते ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गौरीफन्टा नाका स्तरोन्नती गर्दै चार लेनको सडक निर्माण हुनुपर्ने संकेत गर्नु भएको छ । नेपाल भारत सीमावर्ती क्षेत्र दुधुवा नेशनल पार्कमा आजदेखि सुरु भएको तेस्रो चरा महोत्सवको उद्घाटन गर्दै दुधवा नेशनल पार्कभीत्रै पनि सडकलाई फराकिलो वनाउनु पर्ने वताउनु भएको हो ।

भारत तर्फ एक लेनको सडक वन क्षेत्रमा पर्ने भएपनि विकासलाई वन विभागले पनि सहयोग गर्नुपर्ने भन्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगीले सडक विस्तार भएमा पर्यटन प्रवद्र्धन भएर सीमावर्ती क्षेत्रले आर्थिक रुपमा फड्को मार्ने दावी गर्नुभयो ।

वन क्षेत्रमा व्रोडगेज रेल लाईन विस्तारमा रोक लगाईएको अवस्थामा योगीले भने त्यो रेल लाईन विस्तार गर्नुपर्ने तर त्यसको गति ३० किलो मिटर प्रतिघण्टाभन्दा वढी हुन नहुनुपर्नेमा जोड दिनुभयो ।

तेस्रो अन्तराष्ट्रिय चरा महोत्सवको उद्घाटनमा ३७ मिनेट वोल्नु भएका मुख्यमन्त्री योगीले वन क्षेत्र, समुदाय र सडकलाई एकसाथ लगेर केनेक्टीभीटी हुनुपर्ने वताउनुभयो । नेपाल भारत सीमा क्षेत्रमा उत्तर प्रदेश सरकारको वन मन्त्रालयको आयोजनामा भएको चरा महोत्सव सीमावर्ती क्षेत्रका वासिन्दाको आर्थिक स्तर परिवर्तन गर्नका लागि आयोजना गर्न सुरु गरेको वताउनुभयो ।

आफ्नो मन्तव्यका क्रममा कुनै पनि राजनितिक दलको विरोध नगर्नुभएका योगीले अधिकांश समय उत्तर प्रदेशका वासिन्दाहरुको विकास समृद्धि किसानहरुलाई अनुदान र विपन्न वर्गको आर्थिक स्तर वढाउने कुराहरुमा जोड दिनुभएको थियो ।

यता नेपाल–भारतको गौरीफन्टा नाका स्तरोन्नती लगायतका माग राख्दै मुख्यमन्त्री आदित्य नाथसंग भेटघाट गर्न गएको नेपाली प्रतिनिधि मण्डलले भने भेट्न पाएन् । नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य गोपाल हमाल सहितका प्रतिनिधि मण्डलले मुख्यमन्त्रीको कार्यक्रममा सहभागी जनाए पनि समय अभावले भेट्न नपाएको हो ।

निर्धारित समयभन्दा ढिलो गरी पुग्नुभएका मुख्यमन्त्री योगीसँग भेटघाटको कार्यक्रम तय गरिएको भएपनि समय अभावले भेटघाट हुन नपाएको हो । नेपाल चेम्बस अफ कमर्स कैलालीका अध्यक्ष मोहनराज शर्मा, कैलाली उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष दिनेशराज भण्डारी, नेपाल भारत मैत्री संघका अध्यक्ष हरिशंकर ठाकुर,

शिवपुरी उत्तरामेश्वरम धामका सचिव सिद्धराज पनेरु, गोदावरी धाम व्यवस्थापन समितीका संयोजक पदमराज जोशी लगायतका पदाधिकारी सम्मिलित नेपाली प्रतिनिधि मण्डर मुख्यमन्त्रीलाई भेट्न चरा महोत्सव आयोजना भएको दुधुवा नेशनल पार्कमा पुगे पनि समय अभावले भेट्न नपाईएको नेपाली प्रतिनिधि मण्डलले जनाएको छ ।

दुई दिन अघि नेपाली प्रतिनिधि मण्डलले भारतको उत्तर प्रदेशको लखिमपुर जिल्लाका सरकारी अधिकारीहरुसंग भेट गर्दै नाका स्तरोन्नतीका लागि ज्ञापन पत्र मुख्यमन्त्रीलाई पठाएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved