This is a test

नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकप : खेल तालिका सार्वजनिक

0

सीताराम ओझा, धनगढी पुस १५ गते ।

सुदुरपश्चिम ११ स्पोर्टस् क्लबको आयोजनामा पुस २१ गतेदेखि माघ १ गतेसम्म धनगढीमा हुने निजि क्षेत्रको सर्वाधिक धनराशीको फुटवल प्रतियोगिता नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा आयोजक र काठमाण्डौको च्यासल युथ क्लव प्रतिस्पर्धा गर्ने भएका छन । आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार पुस २१ गते दिउँसो धनगढी रंगशालामा सुदुरपश्चिम ११ र च्यासलले उद्घाटन खेल खेल्ने भएका हुन् । प्रतियोगितामा च्यासले पहिलो पटक सहभागीता जनाउन लागेको हो ।

च्यासललाई वी डिभिजनवाट ए डिभिजनमा पुराउने क्रममा सुदुरपश्चिम ११ का ९ जना खेलाडीहरुले सो क्लववाट राष्ट्रिय वी डिभिजन लिग खेलेका थिए । ११ दिनसम्म चल्ने सर्वाधिक धनराशीको गोल्डकपको दोस्रो संस्करणमा सहभागी १२ टोलीहरुलाई दुई समुहमा विभाजन गरेर खेल तालिका पनि सार्वजनिक गरिएको हो । समुह ए मा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव, च्यासल युथ क्लव काठमाण्डौ, सहार क्लव पोखरा, नेपाल एपिएफ क्लव, धरान फुटवल क्लव र सिएमजी संकटा रहेका छन ।

समुह वीमा लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी, डुक स्टार भुटान, अग्नि रुपन्देही ११, रुस्लान थ्रीस्टार काठमाण्डौ, रमपम झापा ११ र त्रिभुवन आर्मी क्लव रहेका छन । दुवै समुहका चार टोलीले सिंधै क्वाटरफाईनलमा स्थान वनाएका छन । समुह ए वाट सुदुरपश्चिम ११ स्पोर्टस क्लव र च्यासल युथ क्लव सिधैं क्वाटरफाईनलमा स्थान वनाउँदै सेमिफाईनलका लागि प्रतिस्पर्धा गर्नेछन । समुह ए मा सहार क्लव पोखरा र नेपाल एपिएफ क्लव वीच खेलको विजयी टोली तथा धरान फुटवल क्लव र सिएमजी संकटा वीचको विजयी टोली सेमिफाईनलका लागि खेल्नेछन ।

समुह वी वाट लक्ष्मी हुन्डाई मनाङ मस्याङदी र त्रिभुवन आर्मी क्लवले सिंधैं क्वाटरफाईनलमा स्थान वनाएका छन । मनाङले डुक स्टार भुटान र अग्नि रुपन्देही ११ वीचको विजयी टोलीसँग र आर्मीले रुस्लान थ्रीस्टार काठमाण्डौ र रमपम झापा ११ वीचको विजयी टोलीसँग सेमिफाईनलमा स्थान वनाउनका लागि प्रतिस्पर्धा गर्नेछन । मोफसलकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले उपाधि सहित नगद ११ लाख ११ हजार १११ रुपैया प्राप्त गर्नेछ ।

उपविजेताले नगद ५ लाख ५५ हजार ५५५ सय पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ । प्रतियोगिता आउन एक साताभन्दा पनि कम समय वाँकी रहेको अवस्थामा आयोजकको टीम तयारीमा जुटेको छ । आवश्यक विभिन्न तयारीका विभिन्न उपसिमितहरु दौडधुप गरिरहेका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved