This is a test

नेपाली सेनाद्धारा विद्यालय निर्माण

0

प्रकाश सिंह, बाजुरा २२ असोज ।
बाजुराको बडीमालिका नगरपालिका ८ मा रहेको द्धारिका प्राविको भवन नेपालि सेनाले निर्माण गरिरहेको छ । विद्यालयको भवन जिर्ण भएपछि बाजुराको सदरमुकाम मार्तडीमा रहेको समरजित गुल्मले द्धारिका प्राविको भवन निर्माण गर्न थालेको हो । सदरमुकाममै रहेको उक्त भवन जिर्ण बन्दै गएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या देखिएको भन्दै नेपाली सेनाले उक्त भवन निर्माण गर्न थालेको जनाएको छ । नागरिक समाजसंग नेपाली सेना भन्ने मुल उद्देश्यले भवन निर्माण गर्न लागेको समरजित गुल्मका गुल्मपति मेजर बिष्णु सापकोटाले वताउनुभयो । विद्यालयको ३ कोठे भवन निर्माण सँगै विद्यार्थीको लागि बस्ने बेञ्चको समेत ब्यबस्था गर्ने सेनाले बताएको छ । हाल सो विद्यालयमा २५ जना विद्यार्थी रहेका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved