नेपाली साहीत्यको भर्जिन क्षेत्र सुदुरपश्चिम

0

नवराज पनेरु, धनगढी ८ साउन ।


सुदुरपश्चिमको सुन्दर भूगोल, जीवनशैली, संस्कृति होस वा सम्पदा नेपाली साहित्यको मुलधारमा अझै पनि पर्याप्त मात्रामा आउन सकेको छैन । नेपाली साहित्यका लागि सुदुरपश्चिम अझै पनि भर्जिन क्षेत्रका रुपमा हेरीएको छ । तर यहाँको वास्तवीकतालाई चित्रण गरी लेखीएका केहि स्तरीय कृतीहरुले भने नेपाली पाठकहरुको मन छोएको छ ।

सुदूरपश्चिमाञ्चलका सबै जिल्लामा युवतीलाई पहिलो पटक महिनावारी हुँदा र त्यस पश्चात हरेक महिना महिनावारी हुँदा घरबाट टाढा सानो असुरक्षित घर, गोठमा राखिन्छ । उनीहरू त्यो समय पौष्टिक खानाजस्तै दुध, घिउ, माछा, मासुबाट बञ्चित हुन्छन् । नियम उल्लघंन गरे देवताले सराप दिने मानिसकताले अझै पनि जरा गाडेको छ । यिनै वास्तवीकतालाई उठान गरी कञ्चनपुरका श्रष्टा राज सरगमले कोरेको छाउघर उपन्यास अहिले मदन पुरुष्कार र पद्वम्श्री पुरुष्कारको श्रेष्ठ सुचीमा परेर चर्चामा छ ।

स्नातक तहसम्मको अध्ययनपछि छाउपडी प्रथाको बारेमा तीन वर्षसम्म अध्ययनन गरीसकेपछि लेखीएको सरगमको छाउघर सुदुरपश्चिमबाट उदाएको एउटा स्तरीय कृती हो । तर लेखक सरगरका अनुसार अझै पनि सुदुरपश्चिम नेपाली साहीत्यमा कोरीन बाँकी छ । उहाँका अनुसार यहाँको बाध्यता, विवशता र सुन्दरतालाई चिरण गरी नेपाली साहीत्यका पाठकमाझ पुगाउन सकिने हो भने मुलधारमा त्यो कृति निकै चर्चीत हुनछ ।

राजधानीको पहुँच सर्कल भन्दा बाहिर सुदुरपश्चिचममा रहेर आफ्नो साधना गर्ने क्रममा सुदुरपश्चिमाञ्चल साहीत्य समाजका अध्यक्ष समेत रहनुभएका साहीत्यकार रामलाल जोशीले ऐना कथासंग्रहबाट मदन पुरुष्कार जितीसक्नुभएको छ । जोशीले देखेको सुदुरपश्चिमको समाज अध्याँरोमा छ, ओझेलमा छ र पीडामा छ । त्यही समाजका विविधखाले पात्रहरुको जिन्दगी र बिडम्बनालाई ऐना मार्फत बाहिर ल्याउनुभएका जोशीको ऐना कथासंग्रहले देशभरीकै पाठकको मन जित्यो ।

एक बर्षको अवधीमा झण्डै २५ हजार पुस्तक विक्री भईसकेका छन् । अध्ययन र अनुसन्धानबाट कोरीएका सुदुरपश्चिमका कृर्तीहरु मुलधारमा पनि बिक्छन भन्ने ऐना कथासंग्रहले पुष्टी गरीदिएको छ । ऐनमा समेटिएका १९ वटा कथाहरुमा तराइको थारु समुदायदेखि पहाडको पहाडी समुदायका विविध खाले विवशताहरु उठान गरेको छ । सुदूरपश्चिमको परिवेश, पात्रहरुको विवशता र विशेषगरी त्यहाँको आन्तरिक जनजीवन साहित्यको मुलधारमा ल्याउन सकिने हो भने नेपाली पाठकले रुचाउछन भन्ने पुष्टी पनि ऐनाले गरेको छ ।

जोशी बाहेक सुदुरपश्चिमको धर्तीमा जन्मेका श्रष्टाहरु पुर्व प्रधानमन्त्री लोकेन्द्र वहादुर चन्दले बिसर्जन कथासंग्रह, महेश विक्रम शाहले छापामार छोरो, नरवहादुर साउदले नेपालका बालीनाली र तिनको दिगो खेती र विजय कुमार पाण्डेयले खुसी उपन्यासबाट मदन पुरुष्कार पाईसक्नुभएको छ । मदन पुरुष्कार जितेका बाहेक पनि अन्य केहि स्तरीय कृतीले सुदुरपश्चिमका श्रष्टाले पनि मुलधारमा रुचाईने कृति लेख्न सक्छन भन्ने पुष्टी गरीसेको छ ।

तरपनि सुदुरपश्चिमको जिवनशैली मन पराएका नेपाली साहित्य पाठकहरुले यहाँका अन्य भर्जिन विषयलाई पनि चासोको साथ खोजिरहेका छन् । नेपाली चलचित्र ‘छक्का पञ्जा’ को गीत ‘देख न चम्पा, सुन न चम्पा’ निकै रुचाइयो । युटयुबमा यसको ५८ लाख भ्युज छ । सुदूरपश्चिमेली लवज यस्तो विशेषता बन्यो ।

डोटेली भाषालाई सही तरिकाले प्रस्तुत नगरिएको देउडा गितको चर्चाले पनि सुदुरपश्चिमको परिवेश नेपाली साहीत्य र कला क्षेत्रमा खोजीको विषय हो भन्ने प्रमाणीत गरेको छ । मदन पुरुष्कार विजेता रामलाल जोशीका अनुसार पछिल्ला केहि बर्ष यता नेपाली साहीत्यमा सुदुरपश्चिमको उपस्थीती बलियो बनेको छ तर यहाँको परिवेशलाई समेटेर कृति प्रकाशन हुने क्रम भने बढ्न सकेको छैन् ।

एैना, छाउघर, खुसी, विसर्जन जस्तै अन्य स्तरीय कृतीहरु पनि सुदुरका श्रष्टाले बजारमा ल्याएका छन् । तर तिनले मुलधारमा भन्दा मोफसलमा बढि छाप छोडेको देखीन्छ । सुदुरपश्चिममा विद्यमान छाउपडी, देउकी, भोकमरी, छुवाछुत लगायतका विसंङगती र वास्तवीकतामा आधारीत कृतिहरु नेपाली पाठकको रोजाईमा परेका छन् । अव नेपाली साहीत्यको मुलधारान यस क्षेत्रका सम्भावना र सुन्दर पक्षपनि आउन जरुरी छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved