नेपाली व्यापारीको समाना सिमामै रोकियो

0

लोकेश साउद, बैतडी २६ असोज ।

तिहार नजिकिदै जाँदा बैतडी सदरमुकामका व्यापारीले भारतीय बजारवाट ल्याउन लागिएको समान झुलाघाँटमै रोकिएको छ । भारतीय कष्टम विभागले पहिलो चोटी सामान ल्याउन नदिएपछि बैतडी सदरमुकामका ब्यापारीहरुको लाखौको समान नाकामै थन्किएको छ । तिहारका लागि लुगा कपडा, जुत्ता चप्पल लगायत चाडपर्वका लागि ल्याइने समानहरु भारतीय कष्टमले नेपाल आउन नदिएको स्थानीय ब्यापारी देवराज पाण्डेले बताउनुभयो । सिमानामा नेपाली ब्यापारीको सामान रोकिएपछि भन्सार कार्यालय झुलाघाँटको एक टोली पिथौरागढ गएको छ । भन्सार प्रमुख दिल्लीराज सुवेदी सहितको टोली पिथौरागढका डिएमसँग कुरा गर्न त्यहाँ गएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी दिपक आचार्यले बताउनुभयो । नेपाली व्यापारीहरुले भने यस अघि सहज रुपले ब्यापार गर्दै आएपनि बिना सुचना सामान रोकिएकोपछि चिन्तित भएका छन् । तिहार नजिकै आएकाले अब काठमांडौ अथवा चीनबाट सामान ल्याउने समय बाँकी नरहेकोले आफूहरु मर्कामा परेको उनीहरुको भनाई छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved