This is a test

नेपाली काग्रेस कैलालीद्वारा निर्वाचन र नेतृत्व बारे प्रशिक्षण

0

नवराज पनेरु, धनगढी जेठ ०४

स्थानीय निर्वाचनलाई लक्ष्य गरी नेपाली काँग्रेस कैलालीले धनगढीमा एकदिने नेतृत्व विकास प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । आसन्न निर्वाचनमा नेपाली काँग्रेसको उपस्थीती बलियो बनाउन र नेताहरुमा नेतृत्व क्षमता बढाउनका लागी प्रशिक्षण आयोजना गरीएको हो ।

प्रशिक्षणमा क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहन अर्यालले मतदाता शिक्षाको बारेमा प्रशिक्षण दिनुभयो भने स्थानीय तहका जनप्रतिनीधीको काम, कर्तव्य र अधिकार बारेमा जिल्ला विकास समिती कैलालीका पुर्व सभापति नारायण दत्त मिश्र र नेताहरुमा हुनुपर्ने नेतृत्वको गुण बारे नेपाल जेसीजका पुर्व अध्यक्ष तथा नेपाल टेलीभिजनका अध्यक्ष समेत रहनुभएका अन्तराष्ट्रीय प्रशिक्षक महेश दहालले प्रशिक्षण दिनुभएको हो ।

कार्यक्रममा जिल्लाभरीका १३ वटा स्थानीय तहका नेपाली काग्रेसबाट आकाक्षी उम्मेदवारहरुको सहभागीता रहेको थियो । अधिकार सम्पन्न स्थानीय तहका लागी अहिले काग्रेसबाट उम्मेदवारका आकाक्षीहरु निकै बढि छन् । तर चुनाव अघि भएको यो प्रशिक्षणले आफु स्थानीय तहको नेतृत्व गर्न योग्य छु वा छैन भन्ने कुरा आत्ममुल्याङकन गर्न सजिलो हुने लम्की चुहा नगरपालीकाको मेयर पदका दावेदार देवानन्द जैशीले बताउनुभयो ।

स्थानीय तह सञ्चालन गर्न नेताहरुमा कस्तो क्षमता आवश्यक छ, नेताहरुमा हुनुपर्ने गुणहरु कस्ता हुन् भन्ने विषयमा पनि काग्रेसका आकाक्षी उम्मेदवारहरुलाई प्रशिक्षण दिईएको छ । अहिलेका स्थानीय तह पनि पुरानै स्थानीय निकाय हुन् भन्ने मानसीकताले जरा गाडेका बेला अधिकार सम्पन्न स्थानीय तहका काम, कर्तव्य र अधिकार बारे पनि प्रशिक्षणमा छर्लङ पार्ने प्रयास भएको छ ।

पहिलो चरणको निर्वाचनमा धेरै म बदर भएपछि झस्कीएको कैलाली काग्रेसले प्रशिक्षणको एक सत्र मतदाता शिक्षाप्रति केन्द्रित गरेको थियो । निर्वाचन कार्यालयसंगै उम्मेदवारहरुको पनि मतदाता शिक्षा अभियान सञ्चालन गर्ने जिम्मेवारी भएकाले उम्मेदवारलाई सुरुमा मत हाल्ने तरीका सिकाईएको हो । संसदको ठुलो दल नेपाली काग्रेसमा विगतदेखी नै निर्वाचनका बेला आन्तरीक किचलो पनि बढ्ने गरेको छ ।

चुनावमा टिकट नपाए बागी उठ्ने पनि काग्रेस भित्र कम भेटीदैनन् । कैलालीमा पनि २० बर्ष पछि हुन लागेको चुनावका लागी आकाक्षी धेरै देखीएका छन् । तर नेतृत्व र निर्वाचन सम्वन्धी सञ्चालन गरीएको प्रशिक्षणले योग्य व्यक्तिलाई पार्टीले टिकट दिए अन्य आकाक्षीहरुलाई पनि सहर्ष स्वीकार गर्न पनि सजिलो हुने नेपाली काग्रेस कैलालीका सभापति नरनारायाण शाहले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved