नेपाली कांग्रेस गोदावरी नगरमा कार्यकर्ताहरु वीच आपसी मतभेद वढ्दै

0

धनगढी, १८ साउन ।

नेपाली कांग्रेस गोदाबारी नगर कार्य समितीले कैलाली क्षेत्र नम्वर ५ मा काग्रेंसका कार्यकर्ताहरु वीच आपसी मतभेद वढ्दै गएको छ । सुरुमा पराजित तथा विजयी उम्मेदवारहरुलाई कारवाहीका लागि निर्वाचन समितिले माग गरेपछि त्यसको विरुद्ध गोदावरी नगर कार्य समितीले उनीहरुलाई कारवाही माग गरेकोमा फेरी त्यसमा अझ विवाद वढेको छ ।

सुरुमा पार्टीलाई असहयोग गरेको भन्दै पराजित तथा विजयी उम्मेदवारले १७ जनालाई कारवाहीको माग गरेको थियो । त्यसपछि सांसद दिर्घराज भाट लगायत अन्य ५ जना लाई कांग्रेसको बिधान बिपरित काम गरेको भन्दै कार्बाहीको माग नगर कार्य समितीले गरेको थियो ।

मंगलवार मात्रै कारवाही गर्नुपर्छ भनिएका ६ जनाले सो कामको खेत प्रकट गरेका छन । उनीहरुले मंगलवार विज्ञप्ती जारी गर्दै पार्टीका तर्फवाट उम्मेदवार र वडा सभापतिहरुलाई कारवाही को माग भएका कारण नगर कार्य समितीको विज्ञप्ती मार्फत प्रतिसोध साट्न खोजेको कारवाही गर्नुपर्छ भनिएका ६ जनाले आज जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved