This is a test

नेपालद्वारा ओमनलाई १३९ रनको झिनो लक्ष्य प्रस्तुत

0

माघ, २५ गते । 

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत को आफ्नो दोस्रो खेलमा ओमनलाई नेपालले झिनो रनको लक्ष्य दिएको छ । नेपालले १३९ रनको सामान्य लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्दै ४६ ओभरमा सबै विकेटको क्षतिम १३८ रन मात्रै बनायो । नेपालका लागि शरद भेषवाकरले २२ रन बनाए । दिपेन्द्रसिंह ऐरीले २०, दिलिप नाथले १९ र कप्तान पारस खड्काले १७ रन बनाउदा सोमपाल कामी १७ रनमा अविजित रहे । त्यस्तै, नेपालका लागि रोहित कुमार पौडेलले १४, ज्ञानेन्द्र मल्लले ७ र आरिफ शेखले ६ रन मात्रै बनाए । ओमनका लागि कालिमुल्लाहले ४ विकेट लिए ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved