धनगढी, माघ १४ गते ।
नेक्सुस इन्टरनेशनल एजुकेशन प्रालिले धनगढीमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । ७ नम्बर प्रदेशको शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै सो संस्थाले विभिन्न कलेजका प्राध्यापकहरुलाई सम्मान गरेको हो । शिक्षाविद डाक्टर हेमराज पन्त, कैलाली बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख डाक्टर सुरेन्द्र चन्द, ऐश्वर्य बहुमुखी क्याम्पस प्रमुख धर्मदेव भट्ट, कैलाली बहुमुखीकै शिव प्रसाद सापकोटा, गोविन्दराज जोशी, जगन्नाथ जोशी लगायतलाई सम्मान गरेको हो ।
यसैगरी संस्थालाई विभिन्न सहयोग गरेको भन्दै रामजी हमाललाई पनि सम्मान गरेको छ । नेक्सस इन्टरनेशनल एजुकेशन प्रालि मार्फत अध्ययन गरी सिटीइभिटीमा नेपालमा प्रथम स्थान हाँसिल गरेका विद्यार्थी राम साउद र सुवास बहादुर खड्कालाई बधाई तथा प्रशंसा पत्र प्रदान गरिएको छ । कन्स्लटेन्सीले नेपाल जेसिजका कार्यकारीणी उपाध्यक्ष पदमविक्रम सिंह, धनगढी जेसिजका अध्यक्ष यज्ञराज ओझालाई बधाई ज्ञापन गरेको थियो ।
नेक्सस इन्टरनेशनल एजुकेशन भरतराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाविद् एंव प्रध्यापक डा. पन्त प्रमुख अतिथी रहनु भएको थियो । नेक्ससका मोहनराज ओझाले सञ्चालन गरेको कार्यक्रममा यज्ञराज अवस्थीले स्वागत गरेको नेक्ससका व्यापार संयोजक कमल पनेरुले जानकारी दिनुभयो ।