This is a test

नेकपा माओवादी केन्द्रद्धारा दार्चुलामा स्थानीय तह निर्वाचनको समीक्षा

0

दार्चुला, १७ बैशाख ।
नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको मिति जेठ ३१ लाई सार्ने निर्णय गरेपछि शनिबार खलंगामा जिल्लाभरीका उम्मेदवारबीच निर्वाचनको अवस्थाबारे समीक्षा गरेको छ । ९ वटै स्थानीय तहका वडा तहसम्मका उम्मेदवारहरु बीचमा वस्तुगत स्थितीबारे समीक्षा गरेको हो । समीक्षा गोष्ठीमा प्रमुख उपप्रमुख वडाअध्यक्ष सदस्य लगायतका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।

 

पहिलो चरणको समीक्षामा नेकपा माओवादी केन्द्रले तीन वटा तहमा सुनिश्चित जीत हुने दाबी गरेको छ । नेकपा माओवादी केन्द्र स्रोतका अनुसार माओवादीले मार्मा क्षेत्र अन्तरगत पर्ने अपि हिमाल गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकामा जीत सुनिश्चित रहेको निष्कर्ष निकालेको छ ।

 

यस्तै मालिकार्जुन गाउँपालिका र व्याँस गाउँपालिकामा प्रतिस्पर्धा हुने अनुमान गरेको छ भने महाकाली नगरपालिकामा कमजोर रहेको निष्कर्ष निकालेको छ । ९ वटै तह मध्ये हरेक क्षेत्रका कुनै कुनै वडाहरु माओवादीले जीत्ने दाबी गरेको छ । यसैबीच दार्चुलामा नेकपामा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल बीच पुन पार्टी एकीकरणको प्रयास भएको छ । माओवादी केन्द्र र नयाँ शक्ति नेपाल बीच चुनावी अघिदेखि नै जिल्लामा एकीकरण हुने बारे छलफल भइरहेको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved