नेकपा एमालेबाट प्रदेश नम्बर ७ मा एक जना महिला मात्रै प्रमुख पदमा उमेद्वार

0

बाजुरा, २१ बैशाख
नेकपा एमालेले प्रदेश नम्बर ७ मा एक जना महिलालाई मात्र मेयर पदमा उमेद्वार बनाएको छ । ३३ नगरपालिका र ५४ गाँउपालिका मध्ये एक नगरपालिकामा मात्र मेयर पदमा महिलालाई उम्मेद्धवार बनाईएको एमालेका प्रदेश नम्बर ७ का सह ईन्चार्ज कर्ण बहादुर थापाले जानकारी दिनुभयो । एमालेले डोटिको दिपायल शिलगढी नगरपालिको मेयरमा महिला मञ्जु मलासीलाई र उप मेयरमा पुरुष शिबराज खड्कालाई टिकट दिएको उहाँले बताउनुभयो ।

 

एमालेले अन्य सबै नगरपालिका र गाँउ पालिकामा महिलालाई उपमेयरमै सिमित राखेको छ । एमालेले धनगढी उपमाहानगरपालिका बाहेक सबैमा उम्मेद्धवार छनौट गरेर सकेको छ । प्रमुख र उपप्रमुखको टुंगो एमाले प्रदेश नम्बर ७ ले लगाएको थियो । प्रदेश कमिटिमा मेयर पदमा एकजना महिला मञ्जु मलासीको मात्रै नाम आएकोले उहाँलाई मेयरको उमेद्वार बनाएको सह ईन्चार्ज थापाले बताउनुभयो ।

 

कैलालीकाृ लम्की चुहा नगरपालिकाको मेयर पदका लागि कमला वलीको नाम सिफारीस भएपनि एमाले कैलाली जिल्ला समितिले उहाँको नाम प्रदेशमा सिफारीस नगरेको बताईएको छ । डोटि बाट भने प्रदेश सम्म नाम आएकोले मलासीलाई मेयरको टिकट दिएको थापाले वताउनुभयो ।

 

यस्तै प्रदेश नम्बर ७ को एक मात्र धनगढी उपमहानगरपालिको उम्मेद्धवारीको टुङ्गो एमालेको केन्द्रिय कमिटिले लगाउने भएको छ । धनगढीमा मेयर र उपमेयरको टिकटको टुंगो प्रदेश कमिटिले लगाउन नसकेपछि केन्द्रमा सिफारीस गरिएको छ । एमालेले धनगढीको मेयरका लागि एक महिला कलावती जोशी सहित दुर्गा प्रसाद जोशी र यज्ञराज वास्तोलाको नाम पठाएको छ ।

Share.

Leave A Reply