This is a test

निर्वाचन सुरक्षा व्यवस्था मजबुद छ : प्रधानमन्त्री देउवा

0

दीपक जोशी, धनगढी मंसिर १५ गते ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको सुरक्षा व्यवस्था मजबुद पारीएको बताउनुभएको छ । शुक्रवार बिहान धनगढी आउनुभएका देउवाले धनगढी बिमानस्थलमा पत्रकाहरुसंग कुराकानी गर्दै निर्वाचनको सुरक्षा व्यवस्था अत्यन्तै मजबुत पारिएको बताउनुभयो । छिटपुट घटना बाहेक निर्वाचनको वातावरण निकै शान्त र सौहाद्रपुर्ण रहेको प्रधानमन्त्री देउवाले दावी गर्नुभयो । उहाँले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताउनुभयो । बामएकताका बावजुत पनि कांग्रेस प्रति जनताको लहर बढेको आफुले पाएको उहाँले बताउनुभयो । देउवा शुक्रवार डोटीमा कांग्रेसको चुनावी सभालाई संवोधन गर्ने कार्यक्रम रहेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved